विशेष दिनको सदुपयोग गर्दै ‘सामुहिक रक्तदान’



काेहलपुर ।

बाँकेका दुई युवाले आफ्नो विशेष दिनको अवसर पारेर रक्तदान गरेका छन । बाँकेका क्षेत्रका क्रियाशिल पत्रकार निर्मल आचार्यले आफ्नो बैबाहिक वर्षगाँठ तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बाँकेका अध्यक्ष बिरेन्द्र सिंहले जन्मदिनको अवसर पारेर रक्तदान गरेका हुन ।

दुबैक जनाको आज विशेष दिन परेकाले नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरको रक्त सञ्चार केन्द्रमा पुगेर संयुक्त रुपमा रक्तदान गरेको आचार्यले बताए । त्यसक्रममा उनिहरु निकट अन्य १८ जना युवाहरुले समेत रक्तदान गरेका थिए ।

कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीमा रक्त सञ्चार केन्द्रमा रगतको चरम अभाव देखिएकाले आफुहरुले रक्तदान गरेको बिरेन्द्र सिंहले जानकारी दिए ।

रक्त सञ्चार केन्द्र कोहलपुरका राजेन्द्र कुमार महतराले कोहलपुरमै पहिलो पटक जन्मदिन र बैबाहिक वर्षगाँठका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरीएको भन्दै खुसी ब्यक्ति गरे । जन्मदिनको अवसरमा रक्त सञ्चार केन्द्रमा आएर विभिन्न बयक्तिहरुले रक्तदान गर्ने गरेको भएपनि सामुहिक रुपमा पहिलो पटक रक्तदान गरीएको महतराले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २६ गते सोमबार