कोरोना कहर बढेसँगै नागरिकहरुको बिचल्ली भइरहेको छ । पछिल्लो समयमा दिनप्रतिदिन कोरोना संक्रमण बढेसँगै नागरिकको अवस्था झन् नाजुक बन्दै गएको हो । खासगरि लकडाउनको समस्यामा दैनिक काम गरि खाने श्रमिक वर्ग छ । तीन वटै तहका सरकारको प्राथमिकतामा ती काम गरि खाने वर्ग पर्न नसकेको अवस्था छ । अहिले ती वर्ग कोही भोकै त कोही वर्ग अरुको शरणमा पर्नुपर्ने अवस्था आएको छ । तर सरकार भने उनीहरुलाई रत्तिभर ध्यान दिइरहेको छैन ।
लकडाउन अवधिमा एक जनाको भोकका कारण ज्यान समेत गइसकेको छ । भोको भएर मर्नुपर्ने अवस्था आउँदासम्म सरकार र जनप्रतिनिधिहरुको ध्यानआकर्षण हुन नसक्नु गम्भीर विषय हो । यो राज्यको उदासिनताको नांगो उदाहरण समेत हो । आफूलाई करोडौं काम गरिन खाने वर्गको पार्टी भन्ने कम्युनिष्ट पार्टीले नै जनतालाई भोक भोकै रुवाइरहेको छ । देशमा तीन तहका सरकार छन् । ती मध्ये सबै भन्दा जनताको नजिकको सरकार भने स्थानीय सरकार हो । जनताको समस्या छिटो सुन्न, बुझ्न र समाधान गर्न सक्ने भनेको यही सरकारले हो । तर स्थानीय सरकार जनताको समस्या बुझने सरकारको रुपमा देखिन सकेको छैन । प्रदेश र संघीय सरकारले सहयोग गर्ला भन्नु त जनताको लागि हर्ष न विस्मात भने जस्तै हो । त्यसैले यहाँको जनप्रतिनिधिहरुको पार्टीबादी, पहुँचबादी सोच त्याग्नै पर्छ ।
आफू नजिक र राजनीतिक आस्थाहरुको व्यवहार खारेज गरिनुपर्छ । यस्तो बेलामा जनताले भोकै परेको भनेर आन्दोलन गरिरहेका छन् । जनप्रतिनिधि भने ओठे जवाफ फर्काइरहेका छन् । उनीहरुमा गरिब जनताको भोक र संवेदनाको कुनै पनि मुल्य छैन । यसरी सरकार नै निरीह रुपमा प्रस्तुत भइरहेको छ । भने काम गरिने जनताको हालत के होला त्यो कहिले पनि सोचिएको छैन । संघीय सरकारको काम भनेकै लकडाउन बढाउने जस्तै भएको छ । सरकारले जनताका लागि भनेर कुनै पनि प्रकारका नीति तथा कार्यक्रम र राहत प्याकेजको घोषणा गर्न सकेको छैन । सरकारको निर्णय बहुसंख्यक ज्याला मजदुरी गरेर खाने वर्ग पक्षमा छैन । बरु यसले कहिल्यै पनि घाउ दिइरहेको छ । सरकारको पहिलो प्राथमिकता जनताको सुरक्षा हुनुपर्छ ।









प्रतिक्रिया दिनुहोस्