बुटवल ।
रूपन्देहीको बुटवल धागो कारखानास्थित कोरोना विषेश अस्पतालबाट आइतबार थप ४ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् निको हुनेमा कपिलवस्तुका ३ जना र रुपन्देहीका १ जना रहेको । अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए । उनीहरू वैशाख २९ र ३० गते भर्ना भएका थिए । उनीहरू १५ देखि ४० वर्ष उमेर समूहका छन् । अस्पतालबाट हालसम्म १५ जना निको भएर घर फर्किसकेको छन् ।
यस अगाडि जेठ १० गते कपिलवस्तुका १० जना युवा निको भएर घर गएका थिए । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षिया युवा वैशाख ३० गते निको भएर घर फर्किसकेका छन् । कोरोना अस्पतालको जनरल वार्डमा ३१ जना र १ जना आइसियुमा उपचाररत रहेको डा. थापाले जानकारी बताए । योसँगै प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ५२ जना पुगेको छ । डा. थापाले भने, ‘यहाँ आएकाहरु कोरोना जितेर खुसी हुँदै घर फर्किएका छन् ।
एक जना जटिल अवस्थाका बिरामीलाई भेटिलेटरमा राखेर उपचार गरिएपछि अहिले भेन्टिलेटर हटाइएको छ । उनको अवस्था पनि सुधारउन्मुख छ ।’ प्रदेश ५ का कोरोना संक्रमितहरुलाई रूपन्देही, दाङ, बाँके लगायतका कोरोना विशेष अस्पतालमा उपचार गरिदै आएको छ । प्रदेश ५ मा अहिलेसम्म कोरोनाका कारण एक युवाको मृत्यु भएको छ । उनी बाँके नरैनापुर गाउँपालिकाका युवा हुन् ।









प्रतिक्रिया दिनुहोस्