अधिकारकर्मीद्धारा रुकुम पश्चिम घटनाको प्रतिवेदन सार्वजनिक



कोहलपुर :
प्रदेश पाँचका विभिन्न दलित अधिकारीकर्मी संस्थाहरुगत जेष्ठ १० गते कर्णाली प्रदेशको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । घटना पश्चात जाजरको र रुकुम पश्चिम पुगेको उक्त टोलीले शुक्रबार प्रतिबेदन सार्वजनिक गरेको हो ।

शुक्रबार अधिकारकर्मीहरुको संयुक्त टोलीले उक्त प्रतिवदेन जिल्ला प्रशासन कार्यालय हुँदै नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकलाई बुझाइएको हो । एक कार्यक्रमका बीच उक्त प्रतिबेदन नेपालगञ्ज र कोहलपुरमा सार्वजनिक गरिएको छ ।

प्रतिबेदनमा उक्त वडाका अध्यक्ष सहित सर्वसाधारण मिलेर लखेटी लखेटी, घरेलु हातहतियारको प्रयोग गरि हत्या भएको उल्लेख गरिएको छ । ‘रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गाउँमा घटेको घटनाको स्थलगत अध्ययन प्रतिवेदन–२०७७’ नाम दिइएको उक्त प्रतिबेदन १५ पेज लामो छ । उक्त प्रतिबेदनमा उक्त नरसंहारमा दलित समुदायका युवाहरुलाई कुटिकुुटी मारेको जनाइएको छ ।

भने रुकुममा मारिएका सम्पूर्णलाई सांस्कृतिक शहिद घोषणा गरिनु पर्ने र उनीहरुका परिवारलाई क्षतिपूर्तिको घोषणा गरिनु पर्ने, घाइतेहरुको निशुल्क उपचार तथा क्षतिपूर्ति, हत्यामा संलग्नलाई आजिवन काराबासको माग समेत गरिएको छ ।

नेपालगञ्जमा भएको बृहत भर्नालाई सम्बोधन गर्दै दलित अगुवा तथा नेपाल दलित मुक्ति संगठन प्रदेश पाँचका सह ईन्चार्ज पुजन विश्वकर्माले रुकुम पश्चिम भएको जातीय नरसंहारमा सरकारले मौनता देखाएको मान्दै दोषिलाई अभिलम्ब सार्वजनिक गर्न माग गरेका छन् । उनका अनुसार गृह मन्त्रालय गठन गरेको भनिएको उच्च स्तरीय छानविन समितिले छिटो भन्दा छिटो दोषि पत्ता लगाई सार्वजनिक गर्नु पर्ने माग पर्छ ।

यति राज्य दलितहरुका माग सम्बोधन नरेमा कडा भन्दा कडा आन्दोलनको आधिबेहेरी समेत सिर्जना गर्ने चेतावनी दिए । यस्तै राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा बाँकेले एक प्रेस विज्ञप्तिमा जारी गर्दै रुकुम पश्चिममा भएको सामुहिक हत्याको यर्थात छानविन हुनु पर्ने माग गरेको छ ।

शुक्रबार शाखाका सचिव कविन्द्र परिवारद्धारा हस्ताक्षरित विज्ञप्तिमा हत्यामा संलग्नलाई कानुनी कारबाही र पीडितलाई न्याय दिलाउन सरकारसँग जोडदार माग गरेको छ । भने उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेले पनि उक्त हत्या काण्डको विरोध गरेको छ । कार्यकारी निर्देशक रवि रोकायाघद्धारा हस्ताक्षरित विज्ञप्तिमा अमानवीय कार्यको घोर भत्र्सना गरिएको छ । यता संयुक्त दलित संघर्ष समितिले बाँकेमा चरणबद्ध आन्दोलनको समेत घोषणा गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १७ गते शनिबार