सम्पादकीय : अनुदार सरकार



लोकतन्त्रमा सरकार जनताको अभिभावक हो । नागरिक सरकारका रैती हुन्छन् । लोकतन्त्रमा सरकार र जनताको सम्बन्ध समानतामा आधारित हुन्छ । सरकारका राम्रा निर्देशन जनताले पालना गर्ने र जनताका समस्या सरकारले अभिलम्भ कार्यान्वयन गर्नुपर्छ । त्यसै भनिएको होइन । लोकतन्त्र जनताद्धारा, जनताकै लागि बनाइएको नियम हो । संसारमा नियम र परिधि भित्र हरेक चिज चलिरहेको छ । हाम्रो देशमा नेपालमा त कम्युनिष्ट सरकार छ । कम्युनिष्ट भनेको मजदुर, किसान र गरिबको पार्टी हुनुपर्छ । बहुमत प्राप्त सरकारको त जनता पहिलो प्राथमिकता हुनु पर्ने हो । तीन वर्षको अवधिमा जनताले कम्युनिष्ट सरकारको प्रत्याभूत गर्न पाएका छैनन् । बरु गरिब जनाले आहत पाइरहेका छन् ।

अहिलेको हाम्रो देशको गणतन्त्रमा जनता भोका छन् । नेताहरु धनी हुदैँ छन् । अहिले कोरोना संक्रमणको महामारीको समय छ । विश्वभरी कोरोनाले महामारीको रुपमा लिएको छ । हाम्रो देशमा समेत कोरोना संक्रमण बढिरहेको छ । यो बढ्ने क्रममा छ । लकडाउनको जारी गरेको मात्रै दुई महिना भन्दा बढी भइसकेको छ । पहिलो पटकको निर्णय अनुसार जेष्ठ २० गतेसम्म लकडाउन कायम हुनेछ । त्यसपछि लकडाउन बढ्ने सरकारले तयारी गरिरहेको छ । यो अझै लम्बिने सम्भावना रहेको छ । जति धेरै कोरोना महामारी फैलिदो जान्छ । त्यति नै मात्रमा देशको अर्थतन्त्र खुम्चिने अवस्थमा रहेको छ । यसले सिंगो देशको चुल्हो देखि तरकारी सम्म प्रभाव पार्छ ।

त्यसैले आफैमा अल्पविकसित हाम्रो देश झन् विकास प्रक्रियामा धक्का पुगिरहेको छ । अर्कातिर सरकारले कोरोनाको युद्ध लडिरहेको छ । भने गरिब जनता भोकमरीको युद्ध लडिरहेका छन् । सरकार र जनता बीचको जुन किसिमको समन्वय, सहयोग आदान प्रदान हुनु पर्ने हो त्यसो हुन सकिरहेको छैन । जनताका समस्या सरकार न सुन्छ, न देख्छ । सरकारबाट जनताले पाउनु पर्ने केही पनि केही पाएका छैनन् । जनताप्रति सरकार उदार हुनुपर्छ । अहिले अनुदार भइरहेको छ । राहत वितरणमा होस् या जनताका माग सम्बोधन गर्ने मामिलामा होस् अनुदार देखिएको प्रष्टै छ । भोकै बस्ने नागरिकले रुदै लकडाउन पालना गरिरहेका छन् । अब सरकारले लकडाउनमा परेका आफ्ना नागरिकको भोको पेट भर्नतिर पनि ध्यान दिनुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १६ गते शुक्रबार