प्तीसोनारीका एक वडाध्यक्षमा कोरोना देखिएपछि जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा



राकोहलपुर ।

बाँकेक राप्तीसोनारी गाउँपालिकाका एक जना वडाअध्यक्षलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि जनप्रतिनिधि तथा कर्मचारी क्वारेन्टिनमा बसेका छन् । संक्रमित वडाअध्यक्षसँग सम्पर्कमा रहेको भन्दै गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, विभिन्न वडाका वडाअध्यक्ष र कर्मचारी होम क्वारेन्टिनमा बसेका हुन् । अध्यक्षका स्वकिय सचिव सन्तोष चौधरीका अनुसार गाउँपालिका अध्यक्ष थारुसहित केही जनप्रतिनिधि र कर्मचारी वडा नम्बर ३ स्थित आश्रय भवनको क्वारेन्टिनमा बसिरहेका छन् ।

‘वडाअध्यक्ष ज्युमा कोरोना संक्रमण देखिएपछि उहाँको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसिरहेका छौं, अध्यक्ष ज्यु पनि क्वारेन्टिनतिरै हुनुहुन्छ’ उनले भने । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीका अनुसार बुधबार राप्तीसोनारीको वडा नम्बर ८ मा ५ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि वडा नम्बर २ मा ३ जना, ७ मा २ र वडा नम्बर ९ मा २ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त गाउँपालिकामा अहिलेसम्म १२ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । वडा नम्बर ८ मा २७ जनाको पीसीआर परीक्षण गरिएकोमा ५ जनामा पोजेटिभ देखिएको हो । राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले कोरोना पोजेटिभ आएका सबै ब्यक्तिलाई आइसोलेसनमा राखिएको बताए । गाउँपालिकाले विभिन्न वडामा आइसोलेसन स्थापना गरेको छ ।

कोरोना संक्रमित ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जनाए । ‘कोरोना संक्रमण पुष्टी भएका ब्यक्तिको सम्पर्कमा रहेकालाई छुट्टै बस्न भनेका छौं, सम्पर्कमा रहेका ब्यक्तिको नाम लिस्टिङ हुदैछ,’ उनले भने । बुधबार वडा नम्बर ८ का संक्रमितहरुलाई भने कोरोना रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएको थियो । क्वारेन्टिनमा बसेका २७ जनालाई बुधबार दिउँसो नै रिपोर्ट आउनुभन्दा तीन चार घण्टाअघि नै घर पठाइएको हो । स्वास्थ्य मन्त्रालयले बुधबार दिउँसो साढे चार बजे सार्वजनिक गरेको रिपोर्टमा त्यही क्वारेन्टाईनमा बसेका चारजना र व्यवस्थापनमा खटिएका वडाध्यक्ष गरी ७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । शिवशक्ति मावि पेरानी क्वारेन्टाईनमा उनीहरुलाई राखिएको थियो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुदालीले गलत सूचनाका कारण संक्रमितहरु घर गएको जानकारी दिए । ‘नेगेटिभ रिपोर्ट आयो भन्ने हल्ला सुनेर वडाध्यक्षले सबैलाई घर पठाई दिनुभो । पछि उहाँसहित ५ जनामा कोरोनो पोजेटिभ आयो,’ उनले भने । घर पठाइएपछि उनीहरु परिवारको सम्पर्कमा पुगेका थिए । यसले गाउँमा थप त्रासको वातावरण सिर्जना गरेको छ । पोजेटिभ रिपोर्ट आएपछि उनीहरुको खोजीगरी आइसोलेसन वार्डमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रिपोर्ट सार्वजनिक भएलगत्तै संक्रमितहरुलाई खोज्न गाउँमा सुरक्षाकर्मीहरु खटिएका थिए । संक्रमितहरु गाउँमा घुलमिल भएपछि स्थानीयबासी त्रसित भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १६ गते शुक्रबार