कोहलपुर ।
बाँके जिल्लाका चार वटा पालिकाहरुमा कोरोना संक्रमितहरु भेटिएका छन् । जिल्लामा पहिलोपटक गत बैशाख १९ गते नेपालगञ्ज उपमहानगरपालिका ६० वर्षिय एक पुरुषमा कोरोना पुष्टी भएको थियो । त्यसयता शुक्रबारसम्म जिल्लाका आठ पालिकामध्ये चार वटा पालिकाहरुमा कोरोना संक्रमितहरु भेटिएका छन् । पछिल्लोपटक शुक्रबार राप्तीसोनारी गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
शुक्रबार जिल्लामा थपिएका १४ जना संक्रमितमध्ये राप्तीसोनारीका एक युवकमा पहिलोपटक कोरोना पुष्टी भएको हो । उनी केहीदिनअघि मात्र भारतबाट घर फर्किएका थिए । गाउँपालिकाको वडा नम्बर ९ का उनी स्थानीय गणेश माविमा बनाइएको क्वारेन्टिनमा बसेका थिए । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पीसीआर मेसिनब जाँच गर्न २५ वर्षिय युवामा कोराना संक्रमण पुष्टी भएको हो ।
शुक्रबार साँझसम्म तथ्यांगत हेर्दा रुपमा हेर्दा खजुरा गाउँपालिकामा एक स्टाफ नर्स सहित २ जना, नेपालगञ्ज उपमहानगरपालिकामा २५ जना, नरैनापुरमा ८७ जना र राप्तीसोनारी गाउँपालिकामा १ जना कोरोना संक्रमित भेटिएका छन् । ती मध्ये नरैनापुर गाउँपालिका एक २५ वर्षिय युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्