कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ ले पनि दोस्रो चरणको राहत वितरण सुरु गरेको छ । कोहलपुरले पहिलो पटक कोहलपुरले नगरपालिका वडा नम्बर २ सुरुले दोस्रो चरणको राहत वितरण गरेको थियो । त्यसलगत्तै कोहलपुर वडा नम्बर ५ ले पनि राहत वितरण सुरु गरेको हो । वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद तिवारीका अनुसार सोमबारबाट दोस्रो चरणको राहत वितरण कार्यक्रम सुरु भएको छ ।
उक्त वडामा पहिलो चरणमा २ सय २७ जनाले राहत प्राप्त गरेका थिए । दोस्रो चरणमा भने करिब ४ सय ३ जनाले दोस्रो चरणको राहत प्राप्त गर्ने अध्यक्ष तिवारीको भनाई छ । ‘वडा मार्फत पहिलो चरणमा राहत वितरण गरिसकेको छ । छुटेहरुलाई पनि दोस्रो चरणको राहत वितरण सुरु भइसक्यो । कोही नछुटुन्, कोही दोहोरिउन भन्ने ध्याय सहित विशेष सावधानीका साथ वितरण प्रारम्भ भएको छ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।
प्रति व्यक्ति ५ किलो चामल, एक किलो दाल, एक किलो नुन र एक पोका नुन वितरण गरिने उनले बताएका छन् । पहिलो चरणको राहत वितरणको बेला कोहलपुर नगरपालिका भरी १५ किलो चामल, दुई किलो दाल, नुन र तेल वितरण गरिएको थियो । कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको समयमा सामाजिक दुरी कायम गरेर सावधानीका साथ राहत वितरण गरिने वडा कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्