बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ कार्यालयले एक विज्ञप्ती मार्फत बैजनाथन्यूज ब्लगमा आएको समाचार प्रति आफ्नो
ध्यानआकर्षण जनाएको छ ।
ब्लगमा वडा अध्यक्ष रामचरण थारुलाई गाउँपालिकाबाट प्राप्त भे १ ब १३६२ नम्बरको मोटरसाईकल दुरुप्रयोग भन्ने सामाग्री प्रति कार्यालयले विज्ञप्ती निकालेर ध्यानआकर्षण भएको जनाएको हो ।
जारी विज्ञप्तीमा भ्रामक कपोकल्पीत तथा तथ्यहिन सामाग्री प्रकाशनले समग्र नागरिकहरुमा वडा र निर्वाचित पदाधिकारी प्रति नकारात्मक भावना पैदा गर्न खोजिएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा वडाध्यक्षलाई माथी मानहानी हुने समाचार लेखेको भन्दै ब्लगका सञ्चालन कुशल दलामीलाई आवश्यक कारवाहीका लागि विद्युतिय कारोबार ऐन अन्तगत साइबर अपराध मुद्दामा दर्ता गरिने चेतावनी दिइएको छ ।
यस्तो छ कार्यालयले निकालेको विज्ञप्ती
प्रकाशित मिति : २०७७ जेठ ५ गते सोमबार










प्रतिक्रिया दिनुहोस्