सुदीप अधिकारी । बर्दिया ।
लामो समयको बन्दाबन्दीकाका कारण दैनिक छाक टार्न समस्या परेका विपन्न परिवारका ६ सय घरधुरीलाई खाद्यान्न सहयोग गरिएको छ ।
जिल्लामा कार्यरत ब्याकवर्ड सोसाइटी इजुकेशन (बेस ) संस्थाले गुलरिया नगरपालिकाका ४ वटा वडाका अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो ।
जिल्लास्थित गुलरिया नगरपालिका वडा नम्बर १, २, ४ र ८ का ६ सय घरघुरीलाई खाद्यान्न वितरण गरिएको बेस बर्दियाले जनाएको छ । यसै गरि सय जना गर्भवतीहरुलाई पनि पोषणयुक्त खाद्य सामग्री र स्वास्थ्यकर्मी तथा क्वारेन्टाइनमा बसेकाहरुलाई मास्क, सेनिटाइजर, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री पनि सहयोग गरेको छ ।
बेस संस्थाले झण्डै २० लाख मुल्य बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको जनाएको छ । बेस बर्दियाका अध्यक्ष बिष्णु थारुले गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवमार्फत विपन्नलाई खाद्यान्न सामग्री वितरण गरिएको जानकारी दिए । जिल्लामा कार्यरत संवाद समूहको सहजीकरणमा उक्त सामग्री बेस बर्दियाले उपलब्ध गराएको हो ।
बन्दाबन्दीका बेला विपन्न परिवारलाई केही राहत होस् भन्ने उदेश्यले मुक्तकमैया, सुकुम्बासी र विपन्न घरपरिवारका लागि खाद्यान्न उपलब्ध गराइएको बेस बर्दियाका अध्यक्ष विष्णु थारुले बताए ।
बिहान बेलुकाको छाक टार्न ज्याला मजदुरी गर्ने विपन्न घरपरिवार पहिचान गरी नगरले राहत स्वरुप खाद्यान्न वितरण गर्न थालेपछि विभिन्न संघसंस्थाले नगरलाई सहयोग गर्न थालेका छन् ।
व्याकवार्ड सोसाईटी एजुकेशन बेस संस्थाले क्रिश्चियन एडको आर्थिक सहयोगमा नगरका ६ सय घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री र स्वास्थ्य सामग्री वितरण गरिएको परियोजना संयोजक आर्दश चापागाईँले बताए ।
एकद्धार प्रणालीबाट राहत सहयोग गर्नुपर्ने निति अनुसार गुलरिया नगरपालिकाले संकलन गरेको विपन्न घरपरिवारको नामावली अनुसार खाद्यान्न वितरण गरिएको बेस संस्थाले जनाएको छ ।
६ सय घरपरिवारलाई प्रति घरपरिवार चामल २५ किलो, दाल ३ किलो, नुन २ किलो, तेल २ लिटर र साबुन २ पिस वितरण गरिरहेको छ । यसैगरि नगरका ४ वटा वडाका एक सय जना गर्भवती महिलालाई मसुरोको दाल, भटमास, अरहर दाल, चना, मटर, राज्मा, हर्लिक्स लगायतका सामाग्री वितरण गरिरहेको छ ।
बन्दाबन्दीका बेला खाद्यान्न पाउँदा आफुहरु निकै खुशी भएको गुलरिया नगरपालिका– २ सुकुम्बासीफाँटाका दुर्जन थारुले बताए । लामो समयको बन्दबन्दीले सबै भन्दा बढी जोखिम दैनिक काम गरिने खाने वर्गलाई परेको छ ।









प्रतिक्रिया दिनुहोस्