‘आरडिटी’ गरेपछि मात्रै कर्णाली प्रवेश पाइने



सुर्खेत ।

कर्णाली प्रदेश सरकारले भारत लगायत अन्य विभिन्न ठाउँबाट आएका मानिसलाई ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरेको प्रमाण पत्रको आधारमा मात्र प्रदेश भित्रिन दिने निर्णय गरेको छ ।

विभिन्न ठाउँबाट कर्णाली आउनुपर्ने व्यक्तिको बारेमा व्यवस्थापन गर्न ुक्रबार भएको छलफलमा यस्तो निर्णय गरिएको हो ।

प्रदेशको सीमासम्म आएका नागरिकको आरडीटी गरेको प्रमाणको आधारमा प्रदेशमा भित्रिन दिने र आरडीटी नगरेकाहरुको हकमा सामाजिक विकास मन्त्रालयले तत्काल सम्बन्धित नाकामै आरडीटी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

यस्तै प्रदेश भित्रिने बबई लगायतका नाकाबाट कर्णाली भित्रिने नागरिकको व्यवस्थापनका लागि नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटरले छुट्टै रिसेप्सन क्षेत्र स्थापना गर्ने प्रक्रिया अघि बढाउने भएको छ ।

छलफलका क्रममा क्वारेन्टिन तथा सुरक्षा प्रवन्धको व्यवस्था आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्ने, तोकिएका सवारी साधन तथा स्वास्थ्य सामग्री लगायतका सवारी साधनबाहेक निर्माण सामग्री र खाद्यान्न ओसारपसार गर्ने मालवाहक गाडीलाई प्रदेशका नाकामा कम्तिमा २४ घण्टा राखेर मात्र प्रवेश गर्न दिने निर्णय गरिएको छ ।

छलफलमा सुरक्षा तथा स्वास्थ्य प्रमुखहरुको सुझावका आधारमा यस्तो निर्णय गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३ गते शनिबार