सम्पादकीय : सुरक्षामा गम्भिर बनौं



देशभर प्रत्येक दिन कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ । सरकारले केही दिन लकडाउन केही खुकुलो बनाएसँगै मानिसहरुको आवतजावत बढी हुँदा कोरोना संक्रमण बढेको बताइन्छ । त्यती मात्र होइन त्यही समयमा सरकारले पीसीआर परीक्षणलाई तिव्र समेत पारेको थियो । यद्यपि जोखिम बढेको भन्दै सरकारले बिहीबार देखि लकडाउनमा फेरी कडाई गरेको छ । अर्कातिर सरकारले केही साता यता थ्रोट स्वाब संकलनको दायरा बढाएसँगै यो संख्या ह्वात्तै बढेको हो । कोरोना संक्रमित बढ्नु आफैमा जोखिम हो । किनभने एक जना व्यक्तिमा कोरोनाको पुष्टि भयो भने ती व्यक्तिसँग को–को सम्पर्कमा आएका थिए भन्ने बारेमा ट्राभल हिस्ट्री पत्ता लगाउनुपर्छ ।

उनीहरुकोे समेत अनिवार्य टेस्ट गर्नुपर्छ । यो भने हाम्रो जस्तो सीमित स्रोत साधन भएको मुलुकको लागि खतराको संकेत हो । र व्यापक सुरक्षा अपनाउने र लकडाउन कडा बनाउनुपर्छ । त्यसो गर्दा नागरिकको प्रत्यक्ष दैनिक जीवनमा असर गर्छ । हाम्रो जस्तो मुलुकले बहुसंख्यकक जनता काम गरि खाने छन् । उनीहरुको नैसर्गिक अधिकार समेत खोसिएको छ । बाँकेमा २५ संक्रमित भेटिएका छन् । नेपालगञ्ज हटस्पटको रुपमा रहेको छ । अझै कोरोना संक्रमण बढ्न सक्ने समेत खतरा त्यहाँ रहेको छ । नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला स्थानीय स्थानीय तहहरुमा समेत खतरा देखिन्छ ।

त्यसैले तीन तहहरुले समेत लकडाउन कडाई गर्नु पर्ने आवश्यकता छ । अहिले कडाई गरिएन भने पछि विपत्ति आउँन सक्ने तर्फ हामी सचेत रहन जरुरी छ । बाँकेको कोरोना भाइरसको उच्च जोखिम क्षेत्र समेत हो । त्यसैले सबैले एकजुट भएर अघि बढ्नको विकल्प छैन । अर्को जोखिम यहाँका नागरिक भारतीय सीमामा थुनिएका छन् । उनीहरुलाई सीमा पार गराएर समेत यहाँ ल्याइदैछ । यस तर्फ भने हामी सचेत हुनै पर्छ । नत्र भने पछि पछुताउनुको कुनै तुक पनि हुने छैन । बर्दियामा समेत कोरोना संक्रमण देखिएकोले झन जोखिम
छ । यहाँका अन्य स्थानीय तह समेत उनी संक्रिय देखिदैनन् । त्यसैले बेला पनि हामीले ध्यान दिएनौ भने पछि पछुताउनु बाहेक केही हुने छैन । त्यसैले सम्पूर्ण सरोकारवाला एक भएर अघि बढौ । यहाँ सकभर बढी भन्दा बढी स्वाब संकलन गर्नु पर्ने देखिन्छ । त्यसैले थ्रोट स्वाब संकलनको मात्रा बढाउ । गम्भीर होउ । सुरक्षित बनौ । लकडाउनको पूर्ण पालना गरौ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २ गते शुक्रबार