एक
फूलको आगमन
मगमगायो रहर
खुशी छ पे्रमीको प्रहर ।।
दुई
ढुङ्गाझैं मुटु नहोस्
प्यारमा जहर नहोस्
खोलाबिच बगर नहोस् ।।
तीन
जीवन हो समय
गोरेटोको ढुङ्गामुढा
छुट्टिनु मिलनको प्यार ।।
चार
थुइक्क, अनुहार
सेतोसँग कालो साटें
चामल थियो पिठो राखें ।।
पाँच
गर्छु शक्तिको मात
गर्नु थियो मैले गरें
खैं ! गरेकै छ्ुइन काम ।।
छ
बाटोको फलफूल
सक्नेले टिपी खान्छ
नसक्ने वारीको प्रतिक्षा ।।
सात
स्वार्थी तुहिने सोच
सपनाको अध्यादेश
कात्तिकमा बिहेको बाजा ।।
आठ
आश मरेको साथ
विछोडजस्तै बारुद
सूर्य निदाएको प्रहर ।।
प्रकाशित मिति : २०७७ वैशाख २७ गते शनिबार










प्रतिक्रिया दिनुहोस्