कोहलपुर ।
बर्दिया बाँसगढी नगरपालिका थुमनियाका करिब ४५ वर्षीय राजेन्द्र मल्ल भारतमा मृत फेला परेका छन् । भारतको हिमाञ्चल प्रदेशको किन्नौर जिल्ला रिकांगपिओस्थित सुलभ शौचालयमा काम गर्ने मल्ल शौचालयमा मृत फेला परेको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज रिकांगपिओका नगर सचिव मिथुन सिंहले बताए ।
मृत फेला परेको जानकारी जिल्ला प्रशासनले नगर समितिलाई खबर गरेको र पोष्टमार्टम गरी दाहसंस्कार गरिएको उनको भनाई रहेको छ । जिल्ला प्रशासनले दिएको पाँच हजार र रिकांगपिओमा रहेका नेपालीले तीन हजार रुपैयाँ उठाएर मल्लको दाहसंस्कार गरिएको हो ।
नगर सचिव मल्लले पठाएको पत्रमा उल्लेख छ, ‘मृतक राजेन्द्रको परिवार नेपालमा भएको र यहाँ कोही पनि आफन्त नभएकाले प्रशासनको रोहवरमा नगर समितिले दाहसंस्कार गरेको जानकारी गराउँदछौँ ।’ सिंहले दिएका जानकारी अनुसार मल्लको परिवारमा बुवा, श्रीमती, भाइ र छोरी रहेका छन् । उनले मल्लको परिवारसम्म खबर पु¥याइदिन पत्रकारलाई समेत आग्रह गरेका छन् ।
सचिव सिंहले मल्लको नाममा बैंकमा भएको रकम पाउन र भारत सरकारबाट पाउने राहत रकम लिन परिवारका सदस्यलाई कुनै समस्या परेको खण्डमा मुल प्रवाह अखिल भारत नेपाली एकता समाज रिकांगपिओका नगर समिति सहयोग गर्न तयार रहेको बताए । उनले लकडाउनका कारण मृतककोे शव नेपाल पठाउन नसकेको बताउँदै धेरै दिन राख्न समस्या हुने भएपछि प्रशासनको आदेशमा दाहसंस्कार गरिएको जानकारी दिए । मल्लको शव बैशाख ४४ मा फेला परेको र त्यसको भोलिपल्ट नजिकैको खोलामा दाहासंस्कार गरिएको थियो ।