बर्दिया ।
बर्दियामा बाँकेमा जिल्लाबाट हुने मानवीय, सवारी तथा अन्य दैनिक उपभोग्य वस्तुमा आयातमा रोक लगाइएको छ । बाँकेमा देखिएको कोरोना भाइरस संक्रमणको तत्कालको अवस्थालाई मध्यनजर गर्दै सिमा नाकामा कडाई गर्ने निर्णय गरिएको हो । जिल्ला विपत् व्यवस्थापन समिति बर्दियाको आइतबार बसेको बैठकले नाकामा कडाईका साथै आवागमनमा रोक लगाउने निर्णय समेत गरेको छ । बैठकपछि बर्दिया प्रशासनले जारी गरेकोे निर्णय अनुसार अब बाँके जिल्लाबाट हुने आवागमन तथा ढुवानी उपर भइरहेको चेकजाँचलाई थप कडाई गरिने बताइएको हो ।
‘बाँके तर्फबाट जिल्लामा आउने हरियो तरकारी, फलफूल, कोईला, तोरी र जंगफुड भित्र्याउन तत्कालको लागि रोक लगाउने निर्णय गरिएको छ’ उक्त सूचनामा भनिएको छ, ‘लकडाउन अवधिभर खाद्यान्न ढुवानी र खाली फिर्ता सवारी साधन, निर्माण सामग्री, अन्य उपभोग्य सामग्री कुखुरा, अण्डा, दाना कृषिमल लगायत ४ पांग्रे सवारी साधनबाट हुने ढुवानी प्रत्येक दिन साँझको समयमा मात्र ढुवानी गर्न पाइनेछ ।’
प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालद्धारा हस्ताक्षरित सूचनामा लकडाउन अवधिभर कायम गरिएको उपभोग्य सामग्रीको खरिद् र बिक्रिको समय बैशाख २४ गतेदेखि लागु हुने गरि हप्ताको तीन दिन खुल्ने बताइएको छ । अबदेखि प्रत्येक आइतबार, मंगलबार र बिहीबारको दिन मात्र उपभोग्य सामग्रीका पसलहरु खुल्नेछन् ।
यसैगरि जिल्लाभरी रहेका घर÷टोल÷गाउँ र समुदायमा कोहि व्यक्ति भारत तथा तेस्रो मुलुक वा संक्रमण देखिएको जिल्लाबाट लुकिछिपि आएको सूचना पाएमा नजिकैको सुरक्षा निकाय स्थानीय सरकार अथवा प्रशासनलाई जानकारी गराउन समेत आह्वान गरिएको छ । बाँकेमा १६ जनामा कोरोना संक्रमण देखिएपछि छिमेकी जिल्ला भएका कारण बर्दियामा हुन सक्ने जोखिमलाई आंकलन गरि थप कडाईका साथै आवागमनमा रोक लगाइएको प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्