12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

जुम्लाको ‘रावतबाडा’का ५३ घरधुरीलाई खाद्यान्न वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २२, २०७७  

कोहलपुर :
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ६ रावतबाडामा केही व्यक्तिहरुको सहयोगमा खाद्यान्न वितरण गरिएको छ । ४३ दिन देखिकको बन्दाबन्दीका कारण समस्यामा परेका त्यहाँ ५३ घरधुरी दलित र गैर दलित समुदायलाई खाद्यान्न वितरण गरिएको हो ।

रावतबाडाका स्थानीय तथा  पत्रकार शुभाकर विश्वकर्माको पहल र रावत बाडा कै स्थानीय बिमल विक सहितका केही व्यक्तिको आर्थिक सहयोगमा खाद्यान्न सहयोग गरेका हुन् । पत्रकार विश्वकर्मा हाल बाँकेको कोहलपुरमा बसेर पत्रकारिता गरिरहेका छन् ।  बिक कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीका चालक हुन् ।

उनले बन्दाबन्दीको समस्याा परेका आफ्नो गाउँका नागरिकको लागि ३० हजार रुपैयाँ सहयोग गरेका थिए । यस्तै न्यु रुपन्देही सुन चाँदी सुर्खेतका सन्तोष कुमार बराइलीले नगद् १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

कुल ४० हजार रुपैयाँबाट चामल र तेल खरिद गरेर राहत स्वरुप वितरण गरिएको तातोपानी गाउँपालिका वडा नम्बर ६ का सदस्य दल कामीले बताए । उनका अनुसार प्रति घर १२ के.जी. चामल र १ पाकेट तेल राहत स्वरुप वितरण गरिएको हो । उनले खाद्यान्न उपलब्ध गराउने सहयोगी मनहरुलाई धन्यावाद प्रकट गरेका छन् ।

यता लकडाउनकोे लामो समय सम्म स्थानीय सरकारले समेत राहत उपलब्ध नगराएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । विपत्तिको बेला स्थानीय सरकार भन्दा पनि केहीहरुले आफूहरुको समस्या बुझेर सहयोग गरेको भन्दै खुसी प्रकट गरेका हुन् । सहयोगले आफूलाई केही समयको लागि भएपनि राहत मिलेको उनीहरुको भनाइ छ ।

यूवा खड्क रावतले लामो बन्दाबन्दीको मारमा परेका स्थानीयलाई राहत मिलेको बताए । उनका अनुसार यहाँको स्थानीय सरकारले अहिले सम्म पनि राहत वितरण गरेको छैन । रावतले भने पनि यसअघि गाउँलेहरुलाई व्यक्तिगत सहयोगमा साबुन वितरण गरेका थिए ।

आर्थिक रुपमा विपन्न बेलु कामीले पनि बन्दाबन्दीको समयमा चुल्हो समेत नबलने अवस्था पुगेका बेला केही युवाहरुले गरेको सहयोग निकै राहत मिलेको बताइन् । यस अघि पनि रावतबाडा कै दलित समुदायका २५ जना घरपरिवारलाई पत्रकार विश्वकर्माको पहलमा जुम्लाको पातारासी गाउँपालिका उर्थूका अम्मर बिष्टको सहयोगमा चामल सहयोग गरिएको थियो ।
खरिद् गरेर

प्रकाशित मितिः सोमवार, बैशाख २२, २०७७     7:44:39 PM  |