7 September 2024  |   शनिबार, भदौ २२, २०८१

अनलाइन समिक्षा बैठक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २०, २०७७  

कोहलपुर ।

बाँके र बर्दियामा सञ्चालन गरिएको कृषि एम्बुलेन्स सेवालाई झन् प्रभावकारी बनाउनको लागि मन्त्री स्तरीय अनलाइन समिक्षा बैठक सम्पन्न भएको छ । कोरोना भाइरसका संक्रमणका कारण एक महिना यता गरिएको लकडाउनका कारण समस्यामा परेका व्यवसायीहरुलाई लक्षित गरि सुरु गरिएको सेवालाई अझ प्रभावकारी बनाउनको लागि अनलाइन समिक्षा बैठक सम्पन्न भएको हो ।

बैठकमा भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सहकारी संघ र केन्द्रिय सदस्य तथा उपलब्ध सहकारीकर्मीहरु बीच बर्तमान अवस्थामा र कृषि एम्बुलेन्स सञ्चालनका विषयमा व्यापक छलफल भएको जिल्ला सहरकारी संघ बाँकेको अध्यक्ष समेत रहेका प्रेम सुवेदीले जानकारी दिए ।

उनका अनुसार कृषि एम्बुलेन्स सेवा सञ्चालन भइरहेका पाल्पा, रुपन्देही, बाँके र बर्दियामा सुरु गरिएको सेवाबाट उपभोक्ता र किसान लाभान्वित भएकोले अझै प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । ‘अन्तर जिल्ला बिक्रि वितरण तथा बजारीकरणको लागि छलफल भयो ।

घरदैलोमा दूध विक्री गरेको रुपन्देहि र बाँकेको प्रयास सकारात्मक भएको भन्दै अरु जिल्लामा समेत त्यसरी नै काम गर्ने भन्ने भएको छ । अझै राम्रो बजारीकरणमा गुणस्तरियता र निरन्तरता कायम गर्ने कुराकानी भयो’ उनले भने । यसलाई अझै प्रभावकारी बनाउनको लागि मन्त्री पौडेलले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

प्रकाशित मितिः शनिबार, बैशाख २०, २०७७     9:39:26 AM  |