काँग्रेसद्धारा वडालाई खाद्यान्न सहयोग



कोहलपुर ।

नेपाली काँग्रेस कोहलपुर नगर समितिले कोहलपुर नगरपालिकाका दुई वटा वडाका आर्थिक रुपमा विपन्न नागरिकलाई खाद्यान्न सहयोग गरेको छ । नगर समितिले लकडाउनको समस्यामा परेका नागरिकहरुलाई राहत वितरणको लागि नगर समितिले कोहलपुरका वडा नम्बर १ र २ का विपन्न नागरिकलाई खाद्यान्न सहयोग गरेको हो ।

प्रति वडा ५ क्विन्टलका दरले जम्मा १० क्विन्टल चामल सहयोग गरिएको नेपाली काँग्रेस कोहलपुर नगर समिति अध्यक्ष बलाराम शर्माले जानकारी दिए । उनका अनुसार अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा वडाका विपन्न नागरिकहरुलाई सहयोग गरिएको हो ।

नेपाल सरकारले तय गरेका एकद्धार प्रणाली अन्र्तगत वडा कार्यालयमार्फत श्रमिकहरुलाई राहत उपलब्ध गराउन खाद्यान्न वितरण गरिएको उनको भनाई छ । ‘पहिलो पटक दुई वटा वडालाई राहत उपलब्ध गराएका छौ । अन्य वडामम समेत सोही परिणममा वितरण गरिनेछ’ उनले भने । यस्तै कोहलपुर नगरपालिकामा रहेका विपन्न नागरिकलाई राहतमा सबैलाई अमेटेर लैजान समेत आग्रह गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २० गते शनिबार