बासगढी नवजीवनको अपरेटिभ्स बासगढी शाखाद्वारा बाँसगढी नगरपालिकालाई २५ हजार सहयोग



मधुर पौडेल, बाँसगढी ।

बाँसगढी नवजीवनको अपरेटिभ्स लिमिटेड बाँसगढी शाखाद्वारा बाँसगढी नगरपालिकाको बिपत ब्यवस्थापन कोषमा २५ हजार रुपैया सहयोग गरेको छ ।

बाँसगढी नवजीवनको अपरेटिभ्स लिमिटेड बासगढी शाखाका प्रबन्धक टेक बहादुर बोगटीले बाँसगढी नगर प्रमुख शालिकराम अधिकारीलाई बिहीबार २५ हजार रुपैया हस्तान्तरण गरेको हो ।

राहत बितरणमा सधाउ पुराउने हेतुका साथ अति बिपन्न हुँदा खाने बर्गको लागि राहत उपलब्धतामा सहयोग मिल्ने गरि सो सहयोग उपलब्ध गराइएको शाखा प्रबन्धक टेक बहादुर बोगटीले बताए ।

नवजीवन सहकारी सस्था सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा आफ्नो भुमिका यस क्षेत्रमा अब्बल साबित गर्ने र बाँसगढी क्षेत्रकै पहिलो बैकिङ सेवा प्रवाह गर्ने एक छुट्टै पहिचान बोकेको संस्था पनि हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख १९ गते शुक्रबार