12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

बेसद्धारा बर्दियामा पिपिई प्रदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १६, २०७७  

बर्दिया ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन देशभर लकडाउन भैरहेका बेला बर्दियाका स्वास्थ्यकर्मीलाई सहयोग पुर्याउने उद्धेश्यले संवाद समुहको पहलमा बेस संस्थाले जिल्ला प्रशासन कार्यालय बर्दियालाई पिपिई सेट र थर्मल गन सहयोग गरेको छ । संवाद समुह सचिवालय दाङका संयोजक चन्द्र चौधरीले बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई गुणस्तरयुक्त ४ थान पिपिई सेट र ४ थान थर्मल गन हस्तान्तरण गरेका हुन् ।

जिल्लामा सक्रिय संवाद समुहले बर्दियाका विभिन्न साझा सरोकारका सवालहरुमा सहजिकरण गर्दै आईरहेको र लकडाउन भएदेखि अहिलेसम्म पनि निरन्तर स्वास्थ्य सामाग्री लगायतका विभिन्न समस्यामा सहजिकरण गर्दै आएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । यस्तो विपत्तीको समयमा संवाद समुह बर्दियाले निर्वाह गरेको भुमिकाप्रती प्रजिअ लामिछानेले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्दै सहजिकरण कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

यसअघि संवाद समुह बर्दियाको सहजिकरणमा ठाकुरबाबा निवासी समाजसेवी विनय रावलद्धारा जिल्ला प्रशासन कार्यालय र ठाकुरबाबा नगरपालिका क्षेत्रका प्रहरी, स्वास्थ्यकर्मी र संचारकर्मीलाई पनि झण्डै २ सय थान पिपिई प्राप्त भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १६, २०७७     8:36:11 AM  |