सुर्खेत ।
काम बिशेषले सुर्खेतको वीरेन्द्रनगरमा अलपत्र परेका हुम्लाबासीहरुको उद्धार गरिएको छ । सरकारले घोषणा गरेको बन्दाबन्दीको कारण सुर्खेतमा अलपत्र परेको जनगुनासो आएपछि कर्णाली प्रदेश सरकारले हुम्लाका नागरिकहरुको उद्धार गरेको थियो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयले पाँच वटा गाउँपालिकाका २९५ जना हुम्लाबासीलाई गाडीमा सुर्खेत, दैलेख, जुम्ला र मुगु हुदै हुम्लासम्म उद्धार गरिएको हो ।
उद्धार गर्न सात वटा बसको ब्यबस्था कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले गरेको थियो । उद्धार गरिएका ब्यक्तीहरुमा १६१ जना पुरुष, ६९ जना महिला र ६५ जना बालबालिका रहनु भएको छ ।
प्रदेश सरकारले मुगुको गमगडीसम्म पु¥याउने छ भने त्यसपछि पैदल हुम्ला जानु पर्नेछ । अध्ययन, काम बिशेष र हिउदमा तराई झरेका हुम्लाबासी सुर्खेमा बन्दाबन्दी सुरु भएयता रहदै आएका थिए । हुम्ला पुगेपछि सबै जना आआफ्नो पालिकामा स्थापना गरिएका क्वारेन्टाईनमा बस्नु पर्ने सामाजिक मन्त्रालयले जनाएको छ । गाउँपालिकाहरुले सिमित मात्रामा क्वारेन्टाईन स्थापना गरेका छन् । अब गाउँपालिकाले थप क्वारेन्टाईन स्थापना गर्नु पर्नेछ । यस अघि पनि कर्णाली प्रदेश सरकारले गत चैत्रमा १३३ जनाको सुर्खेतबाटै उद्धार गरेको थियो ।