यथास्थितिमा नेपालमा आधारभुत र माध्यमिक तहमा अनलाईन शिक्षा सम्भब छैन । सस्तो लोकप्रियताको लागी कुराका लागी कुरा गर्न सकिन्छ तर व्यवहरमा जटिलता बाहेक अरु केहि देखिदैन । विद्यार्थीको प्रत्यक्ष सहभागीता विना दुर शिक्षा कार्यक्रमको मोडलमा पढाउने कुरा अलग हो र अहिले यस्ता खालका कक्षाहरु कतिपय रेडियो, टिभी र युटुब च्यानलहरुबाट संचालन भई रहेका पनि छन तर यसको प्रभावकारिता र उपयोगीता बारे गम्भीर छलफल र बहस चलाउनु आवश्यक देखिन्छ तथापि यो संकटको घडीमा जे जस्ता पहलहरु भएका छन यसलाई सकारात्मक रुप मै लिनु पर्छ ।
अब यसको आवश्यकता र उपयोगीता रहेको बारे पनि सचेत हुनु जरुरी छ । हिजो रेडियो र टिभी बाट संचालन हुनेगरेका दुर शिक्षा कार्यक्रम र अहिले संचालन भइरहेका कार्यक्रममा के भिन्नता छ त ? उ बेला श्रोता विधार्थीले प्रश्न सोधन मिल्दैन थ्यो भने अहिले sms का माध्यामले प्रश्न गर्न सकिने हुदा हिजो भन्दा अलि सहज र फलदायी भने पक्कै बनाएको छ फरक यहि हो तर पनि गणित, विज्ञान लगायतका प्राविधिक विषयहरु ब्याख्यान विधिबाट मात्र अध्यापन गर्न सम्भब छैन ।
कक्षा कोठामा कहिल्यै प्रश्न नसोध्ने र रुचि पुर्ण सहभागीताको समस्या भएका विद्यालयतहका विद्यार्थीहरुलाई यस्ता कक्षा ” कागलाई वेल पाक्यो हर्ष न विष्मात ” भने झै उनिहरुलाई श्रोता सहभागीता कै रुपमा अनलाइन कक्षामा पाउन नसक्नु भविष्यमा अर्को समस्या हुन सक्छ । अहिले संचालनमा रहेका कक्षाहरु पुर्ण अनलाइन कक्षाहरु होईनन । उल्लेखित तर्कहरुले पनि नेपालको सन्दर्भमा अनलाइन कक्षाकालागी चाहिने पुर्वाधार नै तयार छैन भन्ने कुराकै पुष्टि गर्दछ । वर्तमान अवस्थामा कसरी यस्ता कक्षा चलाउन सम्भब छ त ? के सबै विद्यार्थीको घरमा नेट सुविधा छ ? बजार क्षेत्र देखी दुर दराजका सबै विद्यालयमा हामीले नेटको विस्तार गरेका छौ ? अझ कतिपय विद्यालयहरुमा विद्यार्थीका लागी मोबाईल प्रतीबन्ध नै छ यति मात्र नभई कक्षा संचालन अवधीमा विद्यालयका wiFi बन्द हुने गरेका विद्यालयको कमि पनि यहाँ छैन ।
यो संकटको घडीमा अभिभावकले १५-२० हजारका मोवाईल किनेर बच्चालाई दिन कति सम्भब कति असम्भव ? यस्तो अवस्थामा अनलाइन कक्षा कसरी सम्भब हुन सक्छ ? सरकारी योजना र कार्यक्रम भएमा असम्भव भने केहि छैन मात्र ईच्छा शक्तिको खाचो हो जसकालागी परिणाम निकाल्ने गरि राज्यले कार्यक्रम ल्याउन जरुरी छ फेरी त्यसका लागी पनि समय त चाहिन्छ नै जो तत्काल सम्भब देखिदैन । जवसम्म दोहोरो संवाद सम्भब हुनेगरी अनलाइन कक्षाहरु संचालन गर्न र हुन सक्ने गरि राज्यबाट योजनाहरु आउदैनन तबसम्म यो हावादारी गफ भन्दा अरु केहि हुन सक्दैन । तर अहिलेकै अवस्थामा पनि अनलाइनबाट सबै प्रकारका बैठकहरु भने सम्भब छ र प्रयोगले पनि देखाईसकेको छ तर यथास्थितिमा अनलाइनबाट पढाउछु भन्नु अभिभावक , विद्यार्थीलाई वेबकुफ बनाउने कामबाहेक केहि होईन ।
बरु तत्काल गर्न सकिने भनेको दुर शिक्षा कार्यक्रम नै हो त्यो पनि सरकारले ईच्छा शक्ति राखेमा एस ई ई , कक्षा ११ र १२ को पुनर्ताजकी कक्षा संचालन गर्न सकिन्छ जस्मा स्थानीय सरकारहरु समेतको तत्परता चाहिन्छ किनकी यो सबै गर्नकालागी स्थानीय रेडियो, टिभी, एफ.एम.हरु सङ्गको सहकार्य आवश्यक छ जुन विषयमा स्थानीय तहले सोच्न समेत सकेको छैन ।
यो कुनै लहडवाजी नभैइ आर्थिक व्यवस्थापन र संचालनको पाटो मुख्य हो यसको निम्ति तीन ओटै सरकारको भुमिका बराबरी देखिन्छ जस्का निम्ति सरकारको शैक्षिक योजनामा कार्यक्रमहरु नितिगत रूपमा आउन जरुरी छ जुन कार्यक्रमहरु तत्कालीन नभई आगामी शैक्षिक वर्ष देखी नै दीर्घकाल सम्म व्यवस्थित गर्ने गरि राज्यको शैक्षिक योजनामा पर्नु जरुरी छ । एक दिन र एक छिन चलाउने कुरा ठुलो कुरा नहुन सक्छ तर कथाले मागे पछि यसको निरंतरता अहम प्रश्न बनेर आईदिन्छ र आएको पनि देखिन्छ । जय गुरु देवाय नमो : ।