18 September 2024  |   बुधबार, अशोज २, २०८१

सम्पादकीय: जोखिम युक्त क्षेत्रमा सावधानी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १४, २०७७  

एक महिना लामो बन्दाबन्दीमा छौ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत विस्तार बढ्दो क्रममा रहेको छ । निको हुनेहरुको समेत संख्या बढ्दो अवस्थामा रहेको छ । १५ गते सम्म लकडाउनको अवधि छ । त्यसपछि सरकारको निर्णय नै कुर्नु पर्ने हुन्छ । अहिले लकडाउन खुल्ला गर्ने र त्यसको मोडालिटी फरक गरिने हो या निरन्तरता दिने हो । तर पछिल्लो केही समय यता निरन्तर संक्रमित बढिरहेका छन् । नेपालमा अहिले सम्म केही जिल्लामा १४ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । सबै भन्दा बढी उदयपुरमा संक्रमित भेटिएका छन् ।

नेपालमा अहिले सम्म देखिएका कोरोना संक्रमित तेस्रो मुलुक तथा भारतबाट आएका व्यक्ति छन् । त्यस जोखिमलाई मध्यनजर गर्दै एक महिना देखि भारतीय नाका समेत बन्द गरिएको छ । सुदूर पश्चिम क्षेत्रमा समेत कोरोना संक्रमणको जोखिमका कारण सुरक्षा व्यवस्था कडा बनाइएको छ । एकातिर लक डाउन अर्का तिर सहरबाट गाउँ पस्नेहरुको संख्यामा दिनप्रतिदिन बढ्दै गइरहेको छ । देशका विभिन्न क्षेत्रबाट मानिसहरु हिडेरै घर पुगिरहेका छन् । कोहलपुर तीन प्रदेशको प्रवेशद्धार हो । कर्णाली र सुदूर पश्चिम जाने मुख्य माग कोहलपुर हो । एक हप्ताको अवधिमा कोहलपुरबाट सबै भन्दा बढी सुदूरपश्चिम र बर्दिया जिल्लाका नागरिक गएका थिए । सबै भन्दा बर्दियाका नागरिक अन्य जिल्लाबाट घर फर्किए यो बेलामा ।

त्यसैले पछिल्लो समय बर्दियालाई कोरोना भाइरसको जोखिम क्षेत्रको रुपमा हरिन थालेको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै बर्दियाका दुई गाउँ नै सिल गरिएको छ । बारबर्दिया नगरपालिकाले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै दुुई गाउँ नै शिल गरेको हो । त्यहाँका सुजनपुर र खुलपुरलाई पूर्ण रुपमा शिल गरिएको छ । केही दिन अघि उक्त बस्तीका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । यस्तै नगरपालिकाले नागरिकहरुलाई अत्यावश्यक बाहेक अन्य अवस्थामा घर बाहिर निस्कन आग्रह गरेको छ । बहराइचमा रहेका एक बर्दियाका नागरिकलाई कोरोना पुष्टि भएको थियो । उनका भाई गाउँ गाउँमा आएका थिए । उक्त गाउँमा नागरिकलाई गाउँ ननिस्कन आग्रह समेत गरिएको छ । कोरोनाबाट बच्ने उपयुक्त उपाय भने भौतिक दुरी कायम गर्ने र सुरक्षित रहने हो ।

प्रकाशित मितिः आइतवार, बैशाख १४, २०७७     9:52:51 AM  |