कोहलपुर ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको कारण समस्यामा परेका विपन्न नागरिकलाई सहयोग गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका, १२ मा दुई जना व्यक्तिले वडा कार्यालय मार्फत सहयोग गरेका हुन् । लकडाउनको समस्यामा परेका नागरिकहरूलाई वडाकै व्यक्तिले खाद्यान्नका साथै राहत कोषमा सहयोग गरेका थिए ।
१२ नम्बर वडा कार्यालयले दिएको जानकारी अनुसार स्थानीय तथा स्याक नेपालका अध्यक्ष, लेखापरिक्षक श्री शिबलाल पाण्डे र अधिबक्ता जय प्रसाद पौडेलले खाद्यान्न उपलब्ध गराएका हुन् । वडाका कार्य बाहक अध्यक्ष नैन बहादुर शाहीले दुबै जनाले सयुक्त सहयोगमा वडाका लकडाउनबाट प्रभावित दैनिक ज्यालादारीमा कामकाज गर्ने बिपन्न नागरिकलाई वडा कार्यालयबाट राहत बितरण गर्नका लागी १० कट्टा चामल सहयोग गरेको जानकारी दिए ।
उनले अहिले सम्म विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग प्राप्त भइरहेको छ । उनले पौडेलले कोहलपुर नगरपालिकाको बिपत ब्यबस्थापन कोषमा थप ५ हजार सहयोग गरेको जानकारी दिए । यस्तै कार्यबहाक अध्यक्ष शाहीले वडा तथा विपन्न नागरिकलाई सहयोग गर्नेहरूलाई धन्यावाद दिएका छन् ।
वडा नम्बर १२ ले पहिलो चरणमा ५ सय जना आर्थिक रूपमा कमजोर र विपन्न नागरिकलाई राहत उपलब्ध गराइसकेको छ । ‘हाम्रो पहिलो प्राथमिकता राहत उपलब्ध गराउने हो । अलपत्र नागरिकको उद्दार कार्यलाई समेत तीव्र बनाएका छौ’ उनले भने, ‘वडाका जनताको सुरक्षा नै हाम्रो लक्ष्य हुन्छ ।’









प्रतिक्रिया दिनुहोस्