कोहलपुर ।
आजबाट मुस्लिम समुदायको पवित्र रमजान पर्व सुरु हुँदैछ । तर यसपटक भने रमजानको नमाज घरभित्रै पढ्न आग्रह गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी रुपमा फैलिन थालेपछि मुस्लिम समुदायलाई नमाज घरभित्रै पढिदिन आग्रह गरिएको हो । कोरोना भाइरस संक्रमणको त्रासका कारण सामाजिक दुरी कायम गर्नुपर्ने आवश्यकता छ । त्यसलाई मध्यनजर गर्दै नमाज घरभित्रै पढिदिन मुस्लिम अगुवा तथा सुरक्षा निकायहरुले आग्रह गरेका छन् ।

Ob–pn–lkmt/df k|fy{gf
sf7df8f}Fsf] 306f3/l:yt d:hLbdf a’waf/ Ob–pn–lkmt/sf cj;/df k|fy{gf ub}{ d’l:nd ;d’bfo . tl:a/ M k|bLk/fh jGt, /f;;
शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले कोरोना संक्रमणका कारण लकडाउनको पूर्ण पालना गरिदिन इस्लाम धर्मावलम्वीहरुलाई विशेष आग्रह गरेको छ । ‘पवित्र रमजानको अवसरमा सम्पूर्ण इस्लाम दाजुभाई दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । कोरोना भाइरसका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि अनावश्यक भिड नगरिदिन हुन अनुरोध गरिन्छ ’ उक्त सूचनामा भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीर बहादुर ओलीले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै इस्लाम धर्मावलम्वीहरुलाई सकभर घर भित्रै नमाज पढ्न आग्रह गरिएको जानकारी दिए । अहिलेको विषय परिस्थितिका कारण उनीहरुलाई यस्तो अपिल गरिएको उनले बताए । प्रहरी जारी गरेको अपिलमा लकडाउनको अवज्ञा गरेमा कानुन अनुसार कडा भन्दा कडा कारबाही गरिने व्यहोरा जनाइएको छ । बाँकेका मुस्लिम समुदायका अगुवाहरुले पनि सबै मुस्लिम समुदायहरुलाई रमजानको नमाज घरमा नै बसेर पढिदिन आग्रह गरिसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्