कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा रहेका ३२ घरधुरी विपन्न चिडिमार समुदायलाई राहत वितरण गरिएको छ । एक महिना देखि लागु भएको लकडाउनका कारण समस्यामा परेका विपन्न चिडिमार समुदायका नागरिकलाई राहत प्रदान गरिएको हो । वडा कार्यालयको समन्वयमा सहकर्मी समाज कोहलपुरले उनीहरुको राहत प्रदान गरेको थियो ।
सहकर्मी समाजका कार्यकारी निर्देशक अम्मर बहादुर ऐरका अनुसार लकडाउनका कारण समस्यामा परेका विपन्न तथा आर्थिक रुपमा विपन्नहरुलाई राहत प्रदान गरिएको हो । उनले प्रति व्यक्ति १५ किलो चामल, २ के.जी. दाल,१ लिटर तेल र १ के.जी. नुन सहयोग गरिएकोजानकारी दिए ।
‘लकडाउनको समस्यामा परेका विपन्नहरुलाई सहयोग गरिएको हो । संस्थाको तर्फबाट निःशुल्क वितरण गरेका हौ । आगामी दिनमा पनि अन्य समुदायलाई सहयोग गरिनेछ’ उनले भने । यता समाजका सहायक लेखापाल प्रमोद चौधरीले पनि वडा कार्यालयसँगको समन्वयमा आर्थिक रुपमा निकै विपन्न नागरिकहरुलाई सहयोग गरिएको मिसन टुडेलाई जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्