16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

पितमारीमा नालीमा डुबेर तीन बालकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १२, २०७७  

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकामा पौडि खेल्ने क्रममा डुबेर तीन बालकको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका वडा नं २ पितमारीमा पौडि खेल्ने क्रममा नालीमा डुल्दा तीन बालकको बिहीबार ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार तीनै जना बालकको शवं नालीमा मृत अवस्थामा बिहीबार दिउँसो फेला परेको थियो । प्रहरीका अनुसार नालीमा डुबेर मृत्यु हुनेहरुमा बैजनाथ २ पितमारीका १२ वर्षिय नरेश कुँवर, सोही उमेरकै नविन परियार र ११ वर्षिय अनित रावत रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले घटनास्थलको मुचुल्का उठाएर पोस्टमार्टमको लागि शवंहरुलाई भेरी अस्पताल नेपालगञ्ज पठाइएको जानकारी दिए ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन लकडाउन घोषणा गरेका कारण उनीहरु विद्यालय बन्द भएपछि पौडि खेल्नको लागि स्थानीय नालीमा पुगेका थिए । सोही क्रममा नालीमा उनीहरुको डुबेर ज्यान गएको हो । एकै गाउँका तीन जनाको डुबेर मृत्यु भएपछि पितमारी गाउँ शोकमा डुबेको छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १२, २०७७     8:14:41 AM  |