‘घरबेटी ज्यू, घरभाडा मिनाहा गरिदिनुहोस्’



कोहलपुर ।

नेपाल घर बहाल उपभोक्ता मञ्च बाँकेले कोरोना भाइरस महामारीको बेला समस्यामा परेका भाडावालाहरुको भाडा मिनाहा गरिदिन घरधनीहरुलाई आग्रह गरेको छ ।

मञ्चले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण जारी गरिएको लकडाउनको समस्याका कारण भाडा तिर्न नसक्ने अवस्थामा रहेका भाडामा उद्योग व्यवसाय सञ्चालन गरिरहेका उद्योग, व्यवसायी र व्यक्तिहरुको भाडा मिनाहा गरिदिन आग्रह गरेको हो ।

‘महामारीको बेला घरभाडा मिनाहा गरिदिने घरधनीहरुलाई मञ्च उच्च सम्मानका साथ हार्दिक धन्यवाद दिन चाहन्छ’ अध्यक्ष मोति शर्मा र महासचिव देबेन्द्र पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त विज्ञप्तिमा मार्फत नेपाल सरकारलेद्धारा भाडा मिनाहा गर्ने भनिएको निर्णय स्वागत योग्य रहेको समेत उल्लेख गरिएको छ । यसैगरि विषय परिस्थितिमा घरधनी र जनसमुदायलाई राहत स्वरुप लकडाउन अवधिभरको घरबहाल कर र बैंकको ब्याज मिनाहा संघीय तथा स्थानीय सरकारसँग नेपाल घर बहाल उपभोक्ता मञ्च बाँकेले माग गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ११ गते बिहीबार