18 September 2024  |   बुधबार, अशोज २, २०८१

‘सुरक्षाकर्मी र सरकार दुःखमा सारथी बने’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ११, २०७७  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

सुनसरीका ताङचुक बासुक मियाँ कर्णाली प्रदेश राजधानी सुर्खेतमा मजदुरी गर्थे । तीन महिना अघि काम खोज्दै सुर्खेत आएका उनी लकडाउनपछि १५ दिन बिना काम बसे । पछि भोकै बस्ने अवस्था आएपछि प्रहरीलाई गुहारे । उनको अवस्था बुझेपछि सुर्खेत प्रहरीले सुनसरी जानको लागि पास मात्रै बनाएर गाडीमा हालिदियो । प्रहरीकै सहयोगमा उनी तीन घण्टामा कोहलपुर पुगे । ‘म यता लकडाउनमा परे । दुई छोरा भारतमा लकडाउनमा छन् । श्रीमती बिरामी परेकी थिइन् । धेरै गुहार गरेपछि प्रहरीले मेरो समस्या बुझ्यो । निकै खुसी लाग्यो’ कोहलपुरको चौराहामा भेटिएका उनले भने ।

उनलाई चौराहाबाट स्थानीय सरकार र प्रहरीको समन्वयमै बुटवलसम्म पु¥याइएको थियो । यस्तै जाजरकोटकी रुपा विक चैत्र ७ गते उपचारको लागि नेपालगञ्ज आएकी थिइन् । यहाँ पुगेको केही दिनमै लकडाउन भएपछि लामो समय सम्म होटलमा स–परिवार बसे । ‘उपचार पनि भएन । अलिअलि भएको रकम समेत सकियो । खान पनि समस्या भएपछि यहाँका आएका हौं । हाम्रो स्थानीय सरकारले जाजरकोटबाट गाडी पठाएको छ’ मंगलबार चौराहामा भेटिएकी उनले मिसन टुडेसँग भनिन् । उनका अनुसार उनीहरु जस्तै अलपत्र परेका नागरिकलाई स्थानीय सरकारले सहयोग उद्धार गरेर घरसम्म जाने बातावरण बनाइदिएको छ ।

मिया र बिक मात्रै होइन दैनिक चौराहाबाट कर्णाली तथा सुदूर पश्चिममा दैनिक पाँच सयको संख्यामा नागरिकहरुले जाने गरेका छन् । कोरोना भाइरसका त्रासका बीच आफ्ना घर पुग्न नागरिकहरु भोकभोकै पैदल हिडेर जान थालेपछि सुरक्षा निकाय र स्थानीय सरकारहरुले उनीहरुलाई सहज रुपमा घरसम्म पुग्ने बातावरण निर्माण गरिरहेका छन् । लकडाउनमा मानिसहरु हजारौ किलोमिटर हिडेर जान थालेपछि अलपत्र र बेवारिसे नागरिकलाई सुरक्षित गन्तव्यमा पु¥याउन थालिएको हो ।

केहीदिन अघि नागरिकलाई भोकै पैदल हिड्न नदिन र अनिवार्य खानेकुराको व्यवस्था गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि अहिले देशभरका स्थानीय सरकार र सुरक्षा निकाय अग्रसर भएका हुन् । प्रधानमन्त्रीको निर्देशनपछि पैदलै हिड्ने नागरिकहरुको स्थानीय सरकार, सुरक्षा निकाय तथा राजनीतिक दलहरुको समन्वयमा नागरिकहरुलाई सुरक्षित गन्तव्यमा पु¥याउन सुरु थालिएको छ । यहाँका स्थानीय सरकारले समेत एक हप्ता यता लकडाउनको मारमा परेका नागरिकहरुको उद्धार तथा व्यवस्थापनलाई तिव्रता दिएका छन् । बाँके जिल्लाका स्थानीय सरकारहरुले समेत उद्धार कार्यलाई तीव्र बनाइएको जनाएका छन् ।

प्रदेश राजधानी बुटवल हुँदै कर्णाली तथा सुदूर पश्चिम प्रदेशमा जाने नागरिकलाई गन्तव्यमा पठाउने गरिएको हो । कोहलपुर नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरले समेत अनिवार्य रुपमा स्वास्थ्य जाँच गर्ने तथा सम्बन्धित स्थानमा पठाउन सहयोग समन्वय गर्ने गरिरहेका छन् । यता कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले पनि महामारीको समयमा अपलपत्र परेका नागरिकको उद्धारलाई मुख्य प्राथमिकताका साथ लिइरहेको बताए । उनका अनुसार छिमेकी गाउँपालिकाको सहयोग तथा सुरक्षा निकायको समन्वयमा नागरिकलाई गन्तव्यमा पु¥याउने काम भइरहेको छ ।

‘हामीले नगरपालिका भित्र राहत वितरणसँगै बाहिर जानेहरुको लागि उद्धार कार्य गरिरहेका छौँ । त्यसको लागि चौराहामा हेल्थ हेस्कको स्थापना गरेर अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ’ उनले भने, ‘पश्चिम तर्फ जाने नागरिकलाई हामीले उद्धार गरिरहेका छौ । भने उत्तर तर्फ बबई सम्म जानको लागि बैजनाथ गाउँपालिकाले समेत सहयोग गरिरहेको छ ।’ यस्तो अवस्था कोही पनि नागरिकले दुःख नपाउन, भोकै नबसुन् भनेर हामी सक्रिय भएको उनले बताए ।

प्रकाशित मितिः बिहिबार, बैशाख ११, २०७७     7:15:37 AM  |