16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

सुरक्षाकर्मीलाई दही र पानी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १०, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुरकी पशुपालक कृषक शारदा शर्माले लकडाउनमा दिनरात जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई सहयोग गरेकी
छन् । व्यवसायिक गाईपालन गर्दै आएकी शारदा सृजनशिल गाई फर्मकी सञ्चालक समेत रहेकी शर्माले इलाका प्रहरी कार्यालय कोहलपुरका सुरक्षाकर्मीहरुलाई ३५ लिटर दही र २ पेटि मिनरल वाटर सहयोग गरेकी हुन् ।

कोरोना भाइरसको महामारीको बेला सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई केही सहज होस भन्ने उद्देश्यले सहयोग गरिएको उनले जानकारी दिइन् । ‘अहिले व्यवसाय नै मारमा छ । यता संसार नै लकडाउनमा छ । यस्तो बेला पनि सुरक्षाकर्मीहरुको सेवा निकै नै सह्रानीय छ । हाम्रो तर्फबाट समेत सहयोग हुुनुपर्छ भन्ने लागेर सहयोग गरेकी हुँ’ उनले भनिन् ।

आइतबार मात्रै कोहलपुरका चौराहामा अलपत्र नागरिकहरुलाई ४० लिटर दही चिनी र पानी शर्माले सहयोग गरेकी थिइन् । लकडाउनको समयमा सुरक्षाकर्मीहरुलाई विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोग प्राप्त भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, बैशाख १०, २०७७     8:50:34 AM  |