12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

सम्पादकीय : नागरिक सचेतना आवश्यक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १०, २०७७  

नेपालमा लकडाउन सुरु भएको १ महिना पुगेको छ । पहिलो पटक चैत्र ११ गते सरकारले लकडाउनको घोषणा गरेको थियो । कोरोना कहर रोक्न सरकारले जारी गरेको लकडाउन कायम छ । सरकारले नागरिकलाई सकभर घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरेको छ । नेपालमा अहिले सम्म ४२ जना कोरोना संक्रमित भेटिएका छन् भने ४ जना कोरोनालाई जितेर पनि घर फर्किसकेका छन् । चीनबाट सुरु भएको कोरोना भाइरस २ सय बढी देशमा फैलिएको छ । अहिले सम्म विश्वमा १ लाख ८० हजार बढी जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २५ लाख बढी रहेको छ । विश्वमा अहिलेसम्म कोरोना संक्रमण पछि उपचार गरेर निको हुनेको संख्या ६ लाख ५३ हजार २ सय ३३
छ । कोरोना भाइरसबाट युरोप निकै आक्रान्त छ ।

सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या विश्वको शक्ति राष्ट्र अमेरिकामा छ । तर नेपाल जस्ता अल्पविकसित देश समेत अहिले पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । यस्तो अवस्थामा लकडाउनको पूर्ण पालन गर्नुको लर्को विकल्प छैन हाम्रो जस्तो मुलुकमा । यो बेला सामाजिक दुरी कायम गर्ने र पूर्ण सरसफाई अहिलको प्रमुख कोरोनाबाट बच्ने उपाय हो । जुन विश्वका केही देशमा निकै प्रभावकारी समेत देखिएको छ । हाम्रो देशमा लकडाउनबाट बच्ने निकै अनौठा उपाय नागरिकले अपनाइ रहेका छन् । नेपाली समाज कोरोनाबाट मुक्ति चाहन्छ भन्ने उदाहरण समेत हो यो ।

मन्दिरमा बलि चढाउने, मुलढोकामा खनेर कालो टिका लगाउने देखि गाउँ प्रवेश रोक्नको लागि बार लगाउने र घरघरमा समेत निषेध गर्ने काम नागरिकले गरिरहेका छन् । यस्ता घटनाले प्रष्ट गर्छ की मानिसमा कति भय छ कोरोनाका बारेमा । यसलाई नागरिकको सामाजिक अन्धविश्वास भन्दा पनि कोरोनाबाट बच्न तथा संक्रमण रोक्नको लागि नागरिकले अपनाएको सकजताको रुपमा हेरिनुपर्छ । सरकारले नागरिकको सुरक्षा गर्नको लागि पछि हट्नुहुदैन । तर भोकै नांगो खुट्टा हिड्ने नागरिकको समस्या सरकारले बुझ्न सकेको छैन । यस्तो अवस्थामा सरकारको उदासिनता भन्दा पनि सक्रियताको खाँचो पर्दछ ।

प्रकाशित मितिः बुधबार, बैशाख १०, २०७७     8:36:20 AM  |