खजुरामा बटुवालाई खाना खुवाउन मेस



नेपालगञ्ज । 

बाँकेको खजुरा गाउँपालिका भएर बाहिरी जिल्लाका श्रमिकहरु घर फर्किने क्रममा उनीहरुको भोको पेट भर्न खजुरा गाउँपालिका वडा नं. ६ सिन्दुरेमा मेस संचालन गरिएको छ । सामाजिक दूरीलाई कायम राख्दै दुख पाएर आएका श्रमिकका लागि उक्त मेसमार्फत खाना खुवाउन वडा नम्बर ६ का अध्यक्ष अतिउल्ला खाँको नेतृत्वमा टोली खटाइएको छ ।

११ हजार ८६ घरमा पुगे महिला स्वास्थ्य स्वयमसेविका खजुरामा परिचालित भएका महिला स्वास्थ स्वयंसेबिका ११ हजार ८६ घर पुगी पारिवारिक विवरण संकलन गरेका छन् ।

खजुरा गाउँपालिकामा रहेका ८ वडामा १०८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालित थिए । उनीहरुले विवरण संकलन गरी खजुरा गाउँपालिकालाई स्वास्थ्य शाखामार्फत बुझाई सकेका छन् । कोरोनाबाट जोगिन वास्तविक अवस्था थाहा पाउने उद्देश्यले उनीहरुलाई केन्द्र सरकारको निर्णय अनुसार परिचालन गरिएको खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले जानकारी दिइन ।

महिला स्वास्थ्य स्वयम्सेविकाले गाउँपालिकालाई उपलब्ध गराएको विवरण अनुसार हाल खजुरामा ११ हजार ८७ घरधुरी, परिवार सदस्य संख्या ६३ हजार २०३ जना, विदेशमा रहेका ४ हजार ३३४, विदेशबाट फर्किएका ३५०, क्वारेनटाइनमा ६२ हालसम्म आएका र होम क्वारेनटाइनमा २५३ जना बसेको देखिएको छ । स्वेमसेविका वडामा पुगेर विवरण लिनु पहिला उनीहरूलाई परामर्श दिइएको थियो ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, स्वास्थ शाखा प्रमुख पूर्णबहादुर खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीले प्रशिक्षण दिएका थिए । भारत तथा बिदेशबाट आएका, क्वरेन्टाइनमा बसेका र खजुराका हरेक घरमा रहेका नागरिकको अवस्थाबारे विवरण संकलन गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ९ गते मंगलबार