ज्ञानमाया थापा ।
बाँकेको कोहलपुर नरगपालिका वडा नम्बर १२ मा रहेको शारदा सृजनशिल गाई फर्मले मजदुरहरुलाई ४० लिटर दही वितरण गरेको छ ।लकडाउनको समस्यामा परेका तथा आफ्नो गन्तव्यमा जानको लागि कोहलपुरको चौराहामा आउने नागरिकहरुको लागि फर्मको तर्फबाट दही सहयोग गरिएको हो ।
फर्मकी म्यानेजर शारदा शर्माका अनुसार दैनिक गाई फर्मबाट उत्पादन हुने ४० लिटर दही मजदुरहरुलाई सहयोग गरिएको हो । उनले दहीका साथै २ पेटी मिनेटल वाटर,२४ पाकेट झुजा, ३ केजी चिनी र ३ टोल प्लाष्टिकका गिलास सहयोग गरिएको उनले बताइन् । ‘लामो समयको लकडाउनका कारण व्यवसाय चौपट भएको छ । उत्पादन बिक्रि हुन सकेको छैन ।
तर पनि विपत्तिको बेला मानवीय सहयोग भन्नको लागि सहयोग गरिएको हो । यस्तो बेला गरिएको यो सानो सहयोग हो ।’ शर्माले भनिन् । पाँच दिन अघिबाट कोहलपुर नगरपालिकाले हेल्थ डेस्कको स्थापना गरेसँगै चौराहामा पछिल्ला केही दिन यता मानिसहरुको बाक्लो भिड लाग्ने गरेको छ । विभिन्न जिल्लाबाट आफ्नो घर जानको लागि आएका नागरिकहरुलाई उद्धारका साथै आराम गर्ने,खानपिन सहित अनिवार्य स्वास्थ्य जाँचको समेत व्यवस्था छ ।