आज कोहलपुरमा नेकपाले बृहत् रक्तदान कार्यक्रम गर्दै



कोहलपुर ।

बाँकेको कोहलपुरमा आज बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिदैछ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको बेला जिल्लामा रगत अभाव हुन थालेपछि त्यसलाई पुर्ती गर्नको लागि बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ कमिटीको आयोजनामा आज बिहान १० बजेदेखि कोहलपुरमा रक्तदान सुरु हुन गइरहेको कमिटीका अध्यक्ष अब्दुल हुसेन खाँले जानकारी दिए ।

रक्तदान नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा हुनेछ ।

रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको नेकपा निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ कमिटीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ७ गते आइतबार