कर्णाली प्रदेशसभाको पाचौँ अधिवेशन अन्त्य



सुर्खेत ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि कर्णाली प्रदेशसभाको पाँचौं हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम शुक्रबार राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि शुरु भएको थियो । प्रदेशसभा बैठक गत फागुन २७ गतेदेखि बस्न सकेको थिएन । विधेयक अधिवेशनका रुपमा लिइने यस अधिवेशनमा ६ बैठक सम्पन्न भए ।

प्रदेशसभा सचिवालयका अनुसार विभिन्न समितिमा विचाराधीन ८ वटा विधेयक चालू अधिवेशनबाट पारित हुने सम्भावना थियो । कोरोना भाइरस सिर्जित लकडाउन समस्याका कारण यस अवधिमा एउटा पनि विधेयक पारित हुन सकेन ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ६ गते शनिबार