कालोबजारी गर्ने हिल्स मेडि सप्लायर्सलाई जरिबाना



नेपालगञ्ज ।

कालोबजारी गरेको भन्दै बाँकेको नेपालगञ्ज स्थित हिल्स मेडि सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले अनुगमनका क्रममा कानूनले तोके भन्दा बढी मुनाफा लिई ह्याण्डवास सेनिटाईजर बेचेको पाईएपछि शुक्रबार दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

बढी मुनाफा लिई उपभोक्ता ठगी गर्ने हिल्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकोले सोहि ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको थियो । बजार अनुगमन टोलीले उक्त सप्लायर्सलाई खरिद मूल्यमा अधिकतम बीस प्रतिशत भन्दा बढी मुनाफा नलिन र लेवलमा पुरा बिवरण नभएको तथा केरमेट सामान बिक्रि नगर्न आदेश दिएको छ ।

सप्लाई वन्ली लेखिएको सेनिटाइजर बढी मूल्यमा बिक्री गरेको पाईएकोले दुई लाख रुपैयाँ जरिवाना गरिएको थियो । अनुगमनका टोलीले उक्त सप्लायर्सलाई ह्याण्डवास सेनिटाइजर आफुले खरिद गरेको मूल्यमा अधिकतम बीस प्रतिशत भन्दा बढी मुनाफा नलिन र लेवलमा पुरा बिवरण नभएको र केरमेट सामान बिक्रि नगर्न आदेश दिएको जनाएको छ ।

यसैगरि नेपालगञ्ज स्थित कमला मिडीसिनले सप्लाई वन्ली लेखिएको सेनिटाइजर अर्को आदेश नभए सम्मको लागि बिक्री नगर्न निर्देशन दिएको जनाएको छ । उपभोक्तालाई सोझै बिक्रि बितरण गर्न नपाउने ह्याण्डवास सेनिटाइजर बिक्रि गरेको भन्ने उजुरीका आधारमा अनुगमन भएकोमा बाँकी रहेका सेनिटाइजर बिक्रि बितरण नगर्न आदेश दिदै बुुझ्ने कार्य भैरहेको अनुगमन टोलीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ६ गते शनिबार