कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले वडा नम्बर १ कुसुममा सर्भिलेन्स तथा परामर्श केन्द्र, हेल्थ डेस्क संचालनमा ल्याएको छ । पुर्व–पश्चिम राजमार्गमा पैदल आवत–जावत गर्ने यात्रुको स्वास्थ्य जाँच तथा उद्वार गर्न डेस्क सञ्चालनमा ल्याइएको हो ।
पैदल यात्रुको स्वास्थ्य जाँच गरी उनीहरुको समस्या बुझेर गाउँपालिकाको सिमासम्म पु¥याउने ब्यवस्था मिलाइएको छ । गाउँपालिकाले ट्याक्टरको ब्यवस्था गरि राजमार्गमा अलपत्र परेका पैदल यात्रुलाई आफ्नो सिमासम्म पु¥याउने गरेको गाउँपालिकाले जनाएको छ ।
उक्त अवसरमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विस्णुप्रसाद चुडाली, देबेन्द्र केसी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रमुख प्रशासकिय अधिकृत बस्नेतले डेस्कमा स्वास्थ्यकर्मीलाई परिचालन गरिएको बताए ।
चलाउनेको सक्रियतामा उद्धार
कोहलपुर बजारमा अलपत्र परेका दुई दर्जन महिला तथा पुरुषलाई उद्दार गरि बाँके–बर्दियाको सीमासम्म पु¥याइएको छ । पूर्वी जिल्लाका विभिन्न स्थानबाट पैदल हिडँेर कोहलपुर सम्म आएका दुई दर्जन पैदल यात्रुलाई उद्दार गरिएको हो ।
कोहलपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष निमबहादुर चलाउनेको सक्रियतामा उनीहरुलाई उद्दार गरि पठाइएको हो । अध्यक्ष चलाउनेले नगरपालिकाको ट्रयाक्टरबाट बाँके र बर्दियाको सीमामा पु¥याएका हुन् ।
कोहलपुरमा अलपत्र अवस्थामा परेका उनीहरुलाई अध्यक्ष चलाउनेले खाजा र पानीको ब्यवस्था गरेका थिए ।
उनले बर्दिया राजापुरका मेयरसँग फोन सम्पर्क गरि दुईपक्षिय सहमतिमा उनीहरुलाई बाँके–बर्दियाको सीमासम्म पु¥याइएका हुन् । त्यहाँबाट राजापुरबाट आएको बसमा उनीहरुलाई राजापुर लगिएको थियो ।










प्रतिक्रिया दिनुहोस्