29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

बेटर बाँकेद्वारा अहिलेसम्म एक सय घर परिवारलाई राहत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ३, २०७७  

कोहलपुर ।

बाँकेमा रहेको बेटर बाँकेले अहिलेसम्म एक सय जना विपन्न घरपरिवारका राहत वितरण गरेको छ । सोमबार गन्धर्व जातिका २४ घरपरिवारहरुलाई राहत वितरण गरेको थियो । बेटर बाँकेका अध्यक्ष युवराज देवकोटाका अनुसार ६० केजी आलु, २५ केजी बोडी र फलफुल वितरण गरेका थियौं । हाल विश्वमा फैलिएको कोरोना भाइसरका कारणले कोहलपुर र बैजनाथका गन्धर्व, वादी तथा विपन्न परिवारहरुलाई निकै समस्यामा परिरहेको उनको भनाई थियो ।

हामीले अन्य कुनै पनि समस्या परेको भए हामी सहयोगी हातहरु फैलाएका छौं उनले भने जुन समयमा पनि हामी सहयोग गर्न तयार रहेका छौं । हामीले दैनिक ज्याला मजदुरी तथा गरी खानेहरुलाई पहिलो प्रथामिकतामा राहेको उनले बताए । बेटर बाके अभियानका व्यवस्थापक तथा कोहलपुर कोर्डिनेटर निर्मल भुसालले राम माध्यमिक विद्यालय हवल्दारपुरमा रहेका ६७ जना भारतीय नागरिक सहयोग गरेको बताए ।

उनीहरुलाई ६० केजी आलु, २५ केजी लौका र २५ केजी काँक्रा दिएका थियौ उनले भने सोही दिन चप्परगौडि क्षेत्रका ३ घर परिवारहरुलाई समेत रातह उपलब्ध गराएका हौं । उनीहरुलाई पनि २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, साबुन समेत उपलब्ध गराएको उनले बताए । बेटर बाँकेका सल्लाहकार तथा सामाजिक अभियान्ता रिसि थापाले अहिलेसम्म ३० हजार बराबरको रकम खर्च भएको बताए । देश विदेशबाट सहयोग गर्ने मनकारी व्यक्तित्व र आफ्नो टीमलाई समेत धन्यवाद व्यक्त गरेका थिए ।

प्रकाशित मितिः बुधबार, बैशाख ३, २०७७     4:21:39 PM  |