भारतीय नागरिकलाई खाद्यान वितरण



कोहलपुर ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका भारतीय नागरिकहरुलाई खाद्यान्न वितरण गरिएको छ । नेपालका विभिन्न जिल्लामा भाडाकुँडी बनाउने काम गर्दै आएका भारत तेलंगना प्रदेशको हैदराबाद्का २५ जना भारतीय नागरिकले राहत पाएका हुन् ।

बालबालिका, महिला र पुरुष गरि २५ जना जनाको संख्यामा बाँकेको कोहलपुरमा रहेका उनीहरुको सात जनाको परिवार छ । सोमबारको मिसन टुडे दैनिकमा ‘भोकभौकै क्रिपालको बास’ शिर्षकमा समाचार प्रकाशित भएपछि मंगलबार एक युवाले खाद्यान्न सहयोग गरेका हुन् । उनीहरुलाई कोहलपुरमा रहेका विपन्न, गन्धर्व र बादी समुदायलाई सहयोग गरेका अम्मर बिष्टले सहयोग गरेका थिए । उनीहरुलाई प्रति परिवार २० केजी चामल, एक लिटर खाने तेल र नून प्रदान गरिएको हो । लडडाउनका कारण समस्यामा परेका उनीहरुले सहयोग पाउँदा निकै खुसी व्यक्ति गरेका छन् ।

उनीहरुले समस्यामा परेका बेला आफूहरुलाई सहयोग गरेको भन्दै धन्यावाद व्यक्त गरेका हुन् । विगत २५ दिन देखि कोहलपुरमा त्रिपालमा बस्दै आएका भारतीय नागरिक अब्दुल रहमानले सहयोग पाउँदा निकै खुसी लागेको बताए । उनका अनुसार यहाँको सरकारले अहिले सम्म पनि सहयोग गरेको छैन ।

एक साता राहतको लागि वडामा नाम लेखाएको भएपनि अझै प्रदान गरेको छैन । विश्व नै विपत्तिमा परेको बेला नेपाली नागरिकले गरेको सहयोगले आफूहरुलाई निकै राहत भएको अर्की भारतीय नागरिक हुसेन बिले बताइन् । उनले लकडाउन अवधिभर यतै बस्ने र पछि यतै काम गरेर खाने जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३ गते बुधबार