बर्दियामा कोरोनाको विपतबाट जोगाउन खटिने सबैलाई सम्मान



रावन विश्वकर्मा, बाँसगढी,

बर्दियामा नयाँ बर्षको पहिलो दिन राष्ट्रिय गान गाएर कोरोना भाईरसको राष्ट्रिय बिपत् बाट जोगाउन कार्यरत सबैमा सम्मान गरिएको छ । कोरोना भाईरस माहामारीको वेला देश संकटको घडीबाट गुज्रिरहेको अबस्थामा विपत्बाट जोगाउन सेवामा खटिने चिकित्सक, नर्स, अत्यावश्यक सेवामा खटिने कर्मचारी, ढुवानी कर्ता, राष्ट्र सेवक कर्मचारी लगायत सबैमा सम्मान स्वरुप राष्ट्रिय गान गाईएको थियो ।

प्रधान मन्त्रि केपी शर्मा ओलीको अनुरोधलाई ऐक्यद्धता जनाउदै बर्दिया जिल्लामा रहेका सबै प्रहरी कार्यालयहरुमा पनि राष्ट्रिय गान आएर सलामी अपर्ण सहित सम्मान गरिएको छ । नयाँ बर्ष २०७७ सालको पहिलो दिन विहान ८ बजे राष्ट्रिय गान गाउने, राष्ट्रिय धुन बजाउने र तालि बजाउने कार्यक्रम तय गरिएको थियो । सोही कार्यक्रमलाई ऐक्यद्धता जनाउदै ईलाका प्रहरी कार्यालय बाँसगढीमा पनि राष्ट्रिय गान गाएर विपत् बाट जोगाउन खटिनेहरुलाई सम्मान गरिएको प्रहरी निरिक्षक ईन्द्रिजित सुनारले बताए ।

उनले सम्मान कार्यक्रमले राष्ट्रिय भावना जगाउने र विपत्को सामाना गर्न मनोवल बढाउने बताए । ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीमा कार्यरत सबै प्रहरी कर्मचारीहरुले राष्ट्रिय गान गाएर सलामी दिएको प्रहरी निरिक्षक सुनारले बताए । अभियानलाई आ–आफ्नो घरको कौशी, बरण्डा र झ्यालमा बसेर समेत राष्ट्रिय गान वा धुन गुञ्जाएर ऐक्यबद्धता स्वरुप ताली बजाएर सम्मान गर्न सबैलाई अनुरोध गरिएको थियो । प्रधानमन्त्री ओलीले ‘राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔँ ’ भन्ने ग्लोबल कम्प्याक्ट नेपालको कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गरेका
थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख १ गते सोमबार