गोर्खा स्कुलद्वारा विपद कोषमा एक लाख सहयोग



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कूलका शिक्षकहरुको तलब कटाएर एक लाख सहयोग गरेको छ । बुधबार कोहलपुर नगरपालिकाको एक औपचारीक कार्यक्रममा गोरखा युनाईटेड स्कुलका प्रबन्ध निर्देशक राजेन्द्र बहादुर गुरुङ्गले कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।

गुरुङ्गका अनुसार आफ्ना शिक्षक, कर्मचारी तथा विद्यालयको तर्फबाट कोहलपुर नगरपालिकाको विपद कोषमा एक लाख जम्मा गरेको बताए । कोहलपुर नगरपालिकाले
विश्वमा फैलिएको कोरोना भाइरस रोकथाम तथा पूर्व तयारीका लागि कोहलपुर नगरपालिकाले स्थापना गरेको विपद् तथा राहत कोष स्थापना गरेको छ ।

सोही कोषलाई विद्यालयले आर्थिक सहयोग उपलब्ध गराएको गोरखा युनाईटेड पब्लिक स्कूलका प्रशासन प्रमुख कर्ण बस्नेतले जानकारी दिए ।

कोरोना भाईरस संक्रमण हुन नदिन लागु गरीएको लकडाउनका कारण समस्यामा परेका निम्न वर्गिय ब्यक्तिहरुको सहयोगार्थ विद्यालयले आर्थिक सहयोग गराएको बस्नेतले बताए । विपदको समयमा आ(आफ्नो ठाँउबाट सहयोग गर्न उनले सबैलाई आग्रह समेत गरेका छन ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २६ गते बुधबार