सम्पादकिय : सीमामा सर्तकता



सीमा नाकाका जिल्लाहरुमा कोरोना भाइरस संक्रमणका बिरामीहरु बढेसँगै सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन सुरु गरिएको छ । बिशेष गरी भारतमा समेत कोरोना संक्रमितहरु भेटिएपछि सीमा क्षेत्रमा नेपाली पक्षले समेत उच्च सर्तकता अपनाएको थियो । शनिबार एकैदिन भारतसँग सीमा जोडिएका कैलाली र कञ्चनपुरमा तीन जनामा कोरोना संक्रमण देखिएपछि सीमा क्षेत्रमा झनै उच्च सर्तकता अपनाइएको हो । भारतसँगको खुला सीमानाका कारण भारततर्फबाट मानिसहरु पस्न सक्ने भएकाले पहिलेको भन्दा सुरक्षा जनशक्ति थपिएको अवस्था रहेको छ । शनिबार एकैदिन दुई जना कोरोना संक्रमित भेटिएका पुरुषहरु भारतका विभिन्न स्थानहरुमा कमाउन गएर घर फर्किएकाहरु रहेका थिए । आइतबार बिहानैदेखि बाँके र बर्दियाका सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या बढाइसकेको छ ।

चैत्र महिनामा मात्र भारतबाट कमाउन गएका नेपालीहरु कोरोना संक्रमणले करिब एक लाख मानिसहरु नेपाल फर्किएको बताइन्छ । भारतबाट घर फर्किएका नेपालीहरुको कती तथ्यांक त राख्नसक्ने अवस्था नै छैन । सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेपछि समेत तीन हजार भन्दा बढी नेपालीहरु भारतबाट घर फर्किएका थिए । कतीपयहरु अहिले पनि नेपालका विभिन्न जिल्लाहरुमा रहेका क्यारेन्टाइनमा बसेका छन् । कतीपय भने होम क्यारेन्टाइन भन्दै घरमा नै बसिरहेको अवस्था रहेको छ । अझै पनि केही नेपालीहरु हिडेर भएपनि भारतका विभिन्न स्थानबाट नेपाल फर्किने क्रम रहेको बताइन्छ । रातीको मौका पारेर उनीहरुलाई भारतीय सुरक्षाकर्मीहरुले नै आफ्नो नेपालतर्फ पठाउने गरेको पाइएको छ । त्यसैले पनि नेपाली पक्षले विगतदेखि नै भारतसँग सीमा जोडिएका क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाएको भएपनि आइतबार अझै थप गरेको हो । बाँकेमा मात्र १ सय २० जना सशस्त्र प्रहरी सीमा क्षेत्रमा थप गरिएको अवस्था रहेको छ ।

भारतसँग बाँकेको ६५ किलोमिटर खुल्ला सीमा जोडिएको छ । भारतबाट आएका नेपालीहरुमा कोरोना संक्रमण देखिएपछि खुल्ला सीमानाको फाइदा उठाउँदै घर फर्किने नेपालीहरु प्रवेश गर्नसक्ने अवस्थालाई मध्यनजर गरेर सीमामा उच्च सर्तकता अपनाइएको हो । जिल्लाको नरैनापुर गाउँपालिका अन्तर्गतका नरैनापुर, गंगापुर, कटकुइँया, डुडुवा गाउँपालिकाको कालाबञ्जर, नेपालगञ्जको जयसपुर र जानकी गाउँपालिकाको बढैैैैैया बिओपीसहित डुडुवा गाँउपालिका–१, होलियास्थित खडँैचा र जानकी गाँउपालिका–१ बेलभारस्थित बढैैैैैया बिओपीको पानी ट्यांकीस्थित फरवार्ड बेश क्याम्पमा थप सशस्त्र प्रहरी पठाइएको थियो । सीमा सुरक्षामा सशस्त्र प्रहरीको संख्या थपेसँगै लुकीछिपी नेपाल प्रवेश गर्नेलाई भारतमै फर्काउनुपर्छ । त्यो हुन सके भारतमा नै कोरोना संक्रमण भएर नेपाल प्रवेश गर्ने सभ्भावना कम हुन्छ । सीमामा सुरक्षाकर्मी थप्नुभन्दा मात्रै पनी त्यसलाई प्रभावकारी रुपमा काम गर्नुपर्ने वातावरण निर्माण गर्नुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २५ गते मंगलबार