बर्दिया ।
खुला सीमामा आवागम पूर्ण रुपमा रोक्न ठूलो संख्यामा सशस्त्र प्रहरी आईतबार विहान देखि परिचालन भएको छ। ८२ किलोमि सीमामा पूर्ण रुपमा आवागमन रोक्न सशस्त्र प्रहरी परिचालन भएको हो।
सीमा क्षेत्रमा कडाई गर्न थप १ सय ५० सशस्त्र प्रहरी परिचालन गरिएको एसपि यादव विकले बताए। ‘पहिलेदेखि सीमामा प्रहरीले कडाइ गरेको थियो’ उनले भने, ‘सीमा सुरक्षा थप प्रभावकारी बनाउँन थप प्रहरी परिचालित गरिएको हो।’
यता, सीमा क्षेत्रमा रहेका नेपाल प्रहरीका यूनिटले कडाईका साथ सीमा आवामन रोक्न लागि परेको छ ।‘नेपाल प्रहरीका यूनिटले सीमामा निगरानी बढाईरहेको छ’ एसपि राजेश नाथ वास्तोलाले भने, ‘लुकिछिपि नेपाल छिर्नेलाई सयौं जना प्रहरीले क्वारेन्टाईनमा ल्याएर छोडेको छ।’
उनका अनुसार सुदुरपश्चिममा कोरोना संक्रमण पुष्टि भएसँगै अन्तर जिल्ला र एक देखि अर्को पालिका प्रवेशमा समेतपूर्ण रुपमा प्रहरीले रोक लगाएको छ।









प्रतिक्रिया दिनुहोस्