राहत स्वरुप खाद्यान्न वितरण



कोहलपुर ।

बाँके कोहलपुरका व्यवसायीहरुले वडा नम्बर–११ का अतिविपन्न तथा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् ।

कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, वर्तमान उपमहासचिव मातृका सापकोटा र कोहलपुर डेरी एसोशियसनका महासचिब सन्तोष राज पौडेलले संयुक्त रुपमा व्यक्तिगत लगानीमा चामल, दाल, नुन र सावुन वितरण गरेका थिए ।

सरकारले लकडाउन घोषणा गरेको अवस्थामा दैनिक ज्याला मजदुरी गरेर खाने तथा विपन्न परिवारलाई छाक टार्न समेत मुस्किल हुने गरेकाले आफूहरुले राहत वितरण गरेको कोहलपुर डेरी एसोशियसनका महासचिब पौडेलले जानकारी दिए ।

कोहलपुर ११ को गन्धर्व बस्तीका ४ परिवार, एक जना सहिद परिवार र एकता नगरका ज्याला मजदुरी गरेर खाने ४ परिवारलाई चामल वितरण गरिएको उनले बताए । अन्य वडामा रहेका मजदुर तथा विपन्न परिवार पहिचान गरेर उनीहरुलाई पनि राहत वितरण गरिने कोहलपुर उद्योग वाणिज्य संघका उपमहासचिव सापकोटाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २२ गते शनिबार