इटहरीको सडकमा प्रसव पिडाले छटपटाइरहेकी एक महिलाको उद्धार गरिएको छ।
लकडाउनको समयमा अस्पतालहरू बन्द भएको तथा खुलेका अस्पतालले पनि भर्ना लिन नमानेपछि इटहरी-४ की भिमकुमारी लिम्बुलाई इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको अगुवाइमा उद्धार गरिएको हो।
बजार अनुगमनको क्रममा निस्किएको उपमहानगरपालिकाको टोलीले इटहरीको पिपलचोकमा अलपत्र परेकी लिम्बुलाई इटहरी अस्पताल भर्ना गरिएको थियो।
इटहरीमा रहेको एपेक्स अस्पतालले भर्ना लिन नमानेको भिमकुमारीका पति अनिसले बताए।
त्यसपछि इटहरीमा रहेको नेपाल परिवार नियोजन संघ इटहरी पुर्याएकोमा त्यहाँ पनि बन्द रहेकाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार लाँदै गरेको अवस्थामा उपमेयर गौतमले उनको उद्धार गरेकी थिइन्।
अस्पताल पुर्याएको केही समयमै शिशुलाई जन्म दिएको र आमा बच्चा दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै गौतमले महिला भएको नाताले आफूले भोगेको दु:खलाई सम्झिएर सहयोग गर्न पाएकोमा खुशी लागेको बताएकी छन्।










प्रतिक्रिया दिनुहोस्