28 April 2024  |   सोमवार, बैशाख १७, २०८१

अस्पताल आएका बिरामीलाई उपचारको वातावरण बनाउन सञ्जालको आग्रह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६  

बुटवल:

रुपन्देहीमा कृयाशिल व्यबसायिक संस्थाहरुको सञ्जालले उपचारका लागि अस्पतालमा आउने बिरामीलाई वेवास्ता गरी उपचार हुन नसेकेको औंल्याउँदै उपचारको वातावरण बनाउन सरकारसंग आग्रह गरेको छ ।

सञ्जालको मंगलबार बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा बसेको बैठकले कोरोना भाईरस (कोभिड–१९) को महामारीको विषम परिस्थितीमा आम नागरिकको उपचारमा निरन्तरता दिने वातावरण बनाउन आग्रह गरेको हो ।

त्यस्तैगरी बैठकले भारतका बिभिन्न स्थानबाट स्वदेश फर्कि आएका नेपाली दाजुभाईलाई आवश्यक स्वास्थ्य परिक्षण गरि सम्बन्धित स्थानीय स्तरमा नै क्वारेन्टाईन वा होम क्वारेन्टाईनमा बस्ने व्यबस्था मिलाउन समेत प्रदेश तथा स्थानीय सरकारको ध्यानकर्षण गराएको छ ।

बैठकले आवश्यक बस्तु ढुवानी सहजीकरणको लागि पश्चिमाञ्चल यातायात व्यबसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेलाई आवश्यक समन्वयको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तैगरी प्रदेश सरकार तथा स्थानीय तहमा स्थापित राहत कोषमा संघसंस्थाहरुले सक्दो आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको बुटवल उद्योग बाणिज्य संघका प्रमुख कार्यकारी सचिव मदनकुमार कार्कीले जानकारी गराउनु भयो ।

प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६     7:03:52 PM  |