बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा रहेको शिवशक्ति मावि पेरानीमा १५ शैयाको क्वारेन्टाइन बनाइने भएको छ ।
सर्वदलीयले बैठकले शिवशक्तिमा १५ शैयाको क्वारेन्टाइन बनाउने निर्णय गरिएको हो ।
कोरोना भाइरसको संक्रमणको पूर्वतयारीका रुपमा शिवशक्तिलाई क्वारेन्टाइन केन्द्र बनाइने राप्तीसोनारी गाउँपालिका वडा नं। ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेतले जानकारी दिए ।
कोरोना भाइरस संक्रमित भएका स्थानहरुबाट आएकालाई तत्काल क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन तयारी भइरहेको उनले बताए ।
अहिलेलाई १५ शैयाको क्वारेन्टाइन बनाउने तयारी गरिएको जानकारी दिँदै उनले आवश्यकता अनुसार बढि शैयाको पनि क्वारेन्टाइन बनाउन सकिने दाबी गरे ।
प्रकाशित मिति : २०७६ चैत १८ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्