25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

रौतहटमा दुईदिन नबित्दै ८ बर्षिया बालिका बलात्कृत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र १७, २०७६  

रौतहट ।

रौतहटमा थप अर्की एकजना ८ बर्षिया नाबालिका बलात्कारको सिकार भएकी छिन् । रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका कलात्कृत भएको दुईदिन नबित्दै जिल्लाको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा अर्की ८ बर्षिया बलात्कारको घटना भएकी हुन् ।

फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका प्रताप पाश्वानका १८ बर्षिय छोरा नवल पाश्वानले आफ्नो छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । शनिवार राति घरबाट नजिकैको किराना पसलका खानेतेल किन्न गईरहेकी नाबालिकालाई अभियुक्त पाश्वानले समातेर नजिकैको गल्लीमा लगेर जबरदस्ती करणी गरेका थिए ।

खबर लगत्तै ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिसोर साहको कमाण्डमा गएको टोलीले आरोपी पाश्वानलाई नियन्त्रणमा लिएको थियो । प्रहरी निरिक्षक साहले आज सोमवार घटनालाई सार्वजनिक गरेका छन् । आरोपी नवल पाशवानमाथी बालयौन दुराचार संबन्धीमुद्धा दर्ता गरी अदालतबाट आदेश लिएर अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी निरिक्षक साहले बताए ।

पीडित नाबालिका र पिडकको प्राथमिक स्वास्थ केन्द्र चन्द्रपुरमा स्वास्थ परिक्षण भईसकेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, चैत्र १७, २०७६     9:37:01 AM  |