सातै प्रदेशमा कोरोना परीक्षण प्रयोगशाला विज्ञ तोकिए



काठमाडौँ ।

राष्ट्रिष्य जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि सातै प्रदेशमा प्रयोगशाला विज्ञ तोकिएको छ ।

प्रदेशमा एकदेखि तीन जनासम्म विज्ञ तोकिएका छन्। प्रदेश १ मा आइतबारदेखि नै परीक्षण सुरु भइसकेको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण सेवा सुरु गरेको छ। बागमती प्रदेशले हेटौडामा आजदेखि परीक्षण सुरु गर्दैछ। जसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुई विशेषज्ञ खटाएको छ।

जसमा विष्णु उपाध्याय र निर्मल आचार्य रहेका छन्। यस्तै प्रदेश २ को राजधानी जनकपुरका लागि तीन विज्ञ खटाइएका छन्। प्रदेश २ मा सुरेन्द्र मधुप,
डा. निराजन भुसाल र विवेक तिमिल्सेना रहेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार गण्डकी प्रदेशमा पनि तीन जना विशेषज्ञ खटाइएका छन्।

गण्डकीमा बलराम गौतम, श्रीराम बास्तोला र रोजी पाण्डे रहेका छन्। यस्तै, प्रदेश ५ मा विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्की रहेका छन्।
कर्णाली प्रदेशको सुर्खेत र नेपालगन्जमा परीक्षण गर्नेगरी डा. महेन्द्रप्रसाद भट्ट र रामकृष्ण श्रेष्ठलाई विशेषज्ञ तोकिएको छ।

यस्तै सुदूरपश्चिम अन्तर्गत धनगढीका लागि सुनीलप्रसाद लेखक रहेका छन्। मोबाइल ल्याबमा माध्यमबाट परीक्षण अघि बढाउने तयारी थालिएको हो। उपत्यकाबाहिर पहिलोपटक आइतबारदेखि धरानमा परीक्षण सुरु भएको हो।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार