17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

अस्पतालमा जुम्ल्याहा बच्चा जन्मिएपछि नाम ‘कोरोना भाईरस’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६  

मेक्सिकोमा पनि हालसम्म ८ सय भन्दा बडी कोरोना संक्रमित भेटिएका छन् । यसैक्रममा हालै मेक्सिकोमा एक अनौठो घटना भएको छ । मेक्सिकोकी एक कोरोना संक्रमित महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् ।

मेक्सिकोकी ३४ वर्षकी अन्नामारिया जोसे राफेलले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । एक छोरा र एक छोरीको जन्म दिएकी राफेल कोरोना संक्रमित थिइन् । उनले मेक्सिकोको जनरल ला भिला अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

अस्पतालमा जुम्ल्याहा बच्चाको जन्म भएपछि चिकित्सकले कोरोना र भाइरस नाम राख्नु पर्ने राफेललाई बताए । उनले चिकित्सकले भने अनुसार नै दुबैको नाम कोरोना र भाइरस राखिदिइन ।

Ktmdahinikibat साभार

प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६     6:15:41 PM  |